Thursday, December 20, 2012

मछिन्द्रलाई हराएर आरसिटी शीर्षमा


काठमाडौं, पुस ५/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको पहिलो खेलमा थ्रिस्टार बिजयी भएको छ भने दोश्रो खेलमा मनाङ मस्र्याङ्गदी र जाउलाखेल युथ क्लबले बराबरी खेलेका छन् । दशरथ रंगशलामा भएको खेलमा थ्रिस्टारले मध्यपुर युथ एशोसिएसनलाई दुई शुन्यको गोल अन्तरले पराजित गरेको हो । थ्रिस्टारलाइ जित दिलाउने क्रममा अबिदुन ईब्राहिम र सन्तोष साहुखलले १–१ गोल गरेका थिए । जितसंगै थ्रिस्टार १८ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लीएको छ भने ७ अंकका मध्यपुर ११ औ स्थानमा छ । त्यस्तै आजै भएको दोश्रो मनाङ मस्र्याङ्गदी र जाउलाखेल युथ क्लबबीचको खेल एक–एकको बराबरीमा सकिएको हो । दशरथ रंगशलामा नै भएको खेलमा मनाङ मस्र्याङ्गदीका तर्फबाट एम स्टेफन र जाउलाखेलका तर्फबाट जुमा ब्यान्लेले एक–एक गोल गरेका हुन् । बराबरी संगै मनाङ मस्र्याङ्गदी १५ सहित अंक तालिकाको चौथो स्थानमा छ भने जाउलाखेल ७ अंकका साथ तालिकाको १३ औ स्थानमा छ । 


आफनो देशका लागी उत्तर कोरिया ठूलो सुरक्षा चुनौति रहेको दक्षीण कोरियाकी नवनियुक्त राष्ट्रपतिको भनाई


दक्षीण कोरियाकी नवनियुक्त राष्ट्रपति पार्क ग्यून हाइले आफनो देशका लागी उत्तर कोरिया ठूलो सुरक्षा चुनौति भएको बताएकी छिन् ।राष्ट्रपति निर्वाचित भएको भोलीपल्टै आज पार्कले छिमेकमा उत्तर कोरियाजस्ता देश हुन खतरापूर्ण भएको बताएकी हुन् । कोरियन प्रायद्धिपमा शान्ति कायम गर्नका लागी विश्वसनिय ढँगले वार्तामा आउन समेत उनले उत्तर कोरियासँग आग्रह गरेकी छिन् । उनको जितपछि उत्तर कोरियाले कुनै प्रतिक्रीया नजनाइसकेको भएपनि पार्क सम्बद्ध सेनुरी पार्टिलाई भने सनकको सँज्ञा दिदै आएको छ । हिजो घोषणा गरिएको निर्वाचन परिणाममा प्रतिद्धन्दी मुन जे लाई पराजीत गर्दे पार्क दक्षीण कोरियाको प्रथम महिला राष्ट्रपति भएकी हुन् ।

अफगानिस्तानमा १६ जनाको हत्यामा संलग्न अमेरिकी सैनिक रोबर्ट बेल्समाथि कोर्ट मार्शल हुने


  अफगानिस्तानमा १६ जनाको हत्यामा संलग्न अमेरिकी सैनिक रोबर्ट बेल्समाथि कोर्ट मार्शल हुने भएको छ । अमेरिकी सेनाले बेल्सलाई कोर्ट मार्शलका लागि सिफारिस गरिएको र उनी दोषी ठहर भए मृत्युदण्ड पाउने बताएको हो । तर सेनाले बेल्समाथि हुने सुनुवाइको समय तोकेको छैन । अफगानिस्तानमा खटिएका बेला सेनाका सर्जेन्ट बेल्सले गएको मार्चमा अफगानिस्तानको कान्दाहार प्रान्तमा दुईवटा गाउँमा प्रवेश गरी गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो भने ६ जना घाईते भएका थिए । बेल्सलाई १६ जनाको हत्या गरेको, ६ जनाको हत्या प्रयास गरेको, आक्रमण गरेको तथा  ड्यूटी समयमा मदिरा र लागूपदार्थ सेवन गरेको अभियोग लगाईएको छ । बेल्सका वकिलहरुले विद्रोहीको आक्रमणमा आफ्ना सहकर्मीलाई लागेको चोटका कारण उनी मानसिक रुपमा विक्षिप्त बनेको र अर्ध बेहोसी हालतमा उनले घटना गराएको भन्दै दावी गरेका छन् । तर सरकारी वकिलले भने प्रारम्भिक सुनुवाईबाट बेल्स आफ्ना गतिविधीप्रति पूर्ण रुपमा सचेत रहेको पाइएको बताएका छन् ।

प्रहरी कार्यालयभित्रै हवलदारद्वारा आत्महत्या


 काठमाडौँ, पुस ५/  जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत एक जना प्रहरी हवलदारले विहीबार दिउसो जिल्ला प्रहरी कार्यालय भित्रै गोली हानी आत्महत्या गरेका छन् ।डडेलधुरा देवल दिब्यपुर( ४ स्थायी घर ठेगाना भएका प्रहरी हवलदार रामवहादुर पालले ड्यूटीमा रहेको बेला एसएलआर राइफलले  चिउँडोमा पड्काएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक हप्तादेखि क्वाटर गार्डको सुरक्षार्थ खटिएका थिए । कालिकोटका प्रहरी प्रमुख डिएसपी रमेशकुमार पोखरेलले भने बिहीबार दिउसो १स्३२ बजे एक्कासी बन्दुक पड्किएको आवाज आएपछि हेर्न पठाउँदा हवलदार पालको मृत्यु भइसकेको थियो । उनका अनुसार पाल ४ जना सहयोगी सिपाहीसहित जिल्ला प्रहरी कार्यालयको सुरक्षामा थिए ।आत्महत्याको कारण थाहा नभए पनि उनको मोवाइलमा फोन आएपछि कुरा गर्दै जिल्ला प्रहरीको भित्र पट्टी सुत्ने कोठामा गएको प्रत्यक्षदर्शी प्रहरीले बताए ।  भित्र गएको ५र६ मिनेटपछि बन्दुक पड्को आवाज आयो, हेर्न जादा उनी ढलेको देखिएको प्रत्यक्षदर्शी प्रहरीले बताए ।गोली मृतकको चिउडो छेडेर टाउकोबाट निस्किएर टिनको जस्तामा २ वटा प्वाल परेको देखिएको छ । उनको टाउकोको खप्पर निस्किएको अवस्था छ । उनले बुट जुत्ता खोलेर खुट्टाको बुढी औलाले एसएलआर कक गरेर बन्दुक पड्काएको प्रहरी अनुमान छ ।एउटा मात्र गोलीको खोका भेटिए पनि दुई वटा गोली पडकिएको प्रहरीले जनायो ।