Sunday, December 9, 2012

'सन् २०१२ मा संसार ध्वस्त हुने सही होइन

 नखबर 
अमिर बरकाती 
मित्रहरु बिगत केही दिन देखी सामाजिक सन्जाल फेसबुक मार्फत अनाबस्यक प्रचार र हल्ला गरिएको छ। त्यस्ता अनाबस्यक हल्ला को पछाडि नलाग्न अनुरोध गरिन्छ। पृथ्वी ध्वस्त हुने समाचार गलत भएको कुरा प्रमाणित भएको छ। यस को कुनै प्रमाण नभएको कुरा नासा प्रमाणित गेरको छ। संसारको उत्पति पछी धेरै पटक भौगोलिक चुम्बक को ध्रुब परिवर्तन भएको बैज्ञानिकहरुले बुझेका छन । यदी तपाई ८००००० बर्ष पहिले बाचेको भए तपाईको हातमा भएको कम्पासको उत्तरी ध्रुवले दक्षिण देखाएको हुन्थ्यो । किनकी चुम्बकिय कम्पासलाई पृथ्विको ध्रुवको आधारमा निर्धारण गरिन्छ ।यदी अहिलेको भौगोलिक चुम्बकिय ध्रुवहरु परिवर्तन भएको भए कम्पासको उत्तर र दक्षिण दिसाको निर्धारण १८० डिग्री गल्ती हुने थियो । पृथ्विको अन्त्यको दिनको बारेमा कुरा गर्ने धेरै साध्याकर्ताहरुले पृथ्विको चुम्बकिय ध्रुवहरुको परिवर्तनलाई पृथ्विलाई ध्वस्त पार्ने एउटा कारणको रुपमा व्याख्या गर्न खोजेका छन ।तर के त्यस्तै नाटकिय असर पर्ला त ? हामिसंग भएका चुम्बकिय ध्रुव परिवर्तन हुदाका लाखौ वर्ष पुराना भौगोलिक र जिवावशेषका रेकर्डहरुलाई हेर्ने हो भने कुनै असर नपर्ने देखिन्छ । यसै गरी डिसेम्बर २१ मा संसार ध्वस्त हुने भविष्यवाणी सही नभएको नासाले दाबी गरेको छ । उसले आफ्नो वेबसाइटमा भविष्यवाणी सत्य नभएको विज्ञप्ती प्रकाशित गरेको छ । 'सन् २०१२ मा संसार ध्वस्त हुने सही होइन,' नासाले भनेको छ, 'ग्रहहरुलाई आधार मान्ने हो भने अर्बौं वर्ष संसार अन्त्य हुने छैन ।

No comments:

Post a Comment