Friday, December 7, 2012

सहमतीय सरकार गठन गर्न राष्टपतिद्धारा फेरी ६ दिनको समय थप


*जनखबर,
राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकारका लागि तेस्रो पटक म्याद थप्नुभएको ।सहमति कायम गरी प्रधानमन्त्रीको चयन मन्त्रिपरिषद् गठनका लागि फेरि दिनको म्याद थप्नुभएको राष्ट्रपति कार्यालयले जनाएको राष्ट्रपति कार्यालयको तर्फबाट शुक्रबार निकालिएको विज्ञप्तीमा मंसिर २७ गते बुधवारका दिनसम्म राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन मन्त्रिपरिषद् गठन गर्नका लागि राष्ट्रपति डा. रामवरण यादवले समय थप्नुभएको उल्लेख ।यसअघि शुक्रबार बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको छलफलपछि राष्ट्रपतिले सहमतिका लागि दिनको समय थप्ने संकेत गर्नुभएको थियो ।राष्ट्रपतिसंगको भेटपछि पत्रकारहरुसंग प्रतिक्रिया दिदै माओवादी अध्यक्ष प्रचण्डले सहमतिको लागि अधिकतम प्रयास भइरहेकोले समय अपुग हुने भन्दै आफुले समय थप्न आग्रह गरेको बताउनुभयो  राष्ट्रपतिले अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा अनुसार सहमतीय सरकार बनाउन आह्वान गर्दै पहिलो पटक मंसिर गते दोस्रो पटक १४ गते सात दिनको समय सीमा दिनुभएको थियो ।पटक पटकको समयसीमाभित्र दलहरु छलफलमा बसेपनि अडान छाडेका छैनन् सत्तारुढ दलहरु प्याकेजमा सहमति गरेमात्रै सरकार छाड्ने अडानमा छन् भने विपक्षीले जसरी पनि सरकार फेर्नुपर्ने अडान राखेका छन्

No comments:

Post a Comment