Thursday, December 20, 2012

अफगानिस्तानमा १६ जनाको हत्यामा संलग्न अमेरिकी सैनिक रोबर्ट बेल्समाथि कोर्ट मार्शल हुने


  अफगानिस्तानमा १६ जनाको हत्यामा संलग्न अमेरिकी सैनिक रोबर्ट बेल्समाथि कोर्ट मार्शल हुने भएको छ । अमेरिकी सेनाले बेल्सलाई कोर्ट मार्शलका लागि सिफारिस गरिएको र उनी दोषी ठहर भए मृत्युदण्ड पाउने बताएको हो । तर सेनाले बेल्समाथि हुने सुनुवाइको समय तोकेको छैन । अफगानिस्तानमा खटिएका बेला सेनाका सर्जेन्ट बेल्सले गएको मार्चमा अफगानिस्तानको कान्दाहार प्रान्तमा दुईवटा गाउँमा प्रवेश गरी गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो भने ६ जना घाईते भएका थिए । बेल्सलाई १६ जनाको हत्या गरेको, ६ जनाको हत्या प्रयास गरेको, आक्रमण गरेको तथा  ड्यूटी समयमा मदिरा र लागूपदार्थ सेवन गरेको अभियोग लगाईएको छ । बेल्सका वकिलहरुले विद्रोहीको आक्रमणमा आफ्ना सहकर्मीलाई लागेको चोटका कारण उनी मानसिक रुपमा विक्षिप्त बनेको र अर्ध बेहोसी हालतमा उनले घटना गराएको भन्दै दावी गरेका छन् । तर सरकारी वकिलले भने प्रारम्भिक सुनुवाईबाट बेल्स आफ्ना गतिविधीप्रति पूर्ण रुपमा सचेत रहेको पाइएको बताएका छन् ।

No comments:

Post a Comment