Thursday, December 20, 2012

मछिन्द्रलाई हराएर आरसिटी शीर्षमा


काठमाडौं, पुस ५/ राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको पहिलो खेलमा थ्रिस्टार बिजयी भएको छ भने दोश्रो खेलमा मनाङ मस्र्याङ्गदी र जाउलाखेल युथ क्लबले बराबरी खेलेका छन् । दशरथ रंगशलामा भएको खेलमा थ्रिस्टारले मध्यपुर युथ एशोसिएसनलाई दुई शुन्यको गोल अन्तरले पराजित गरेको हो । थ्रिस्टारलाइ जित दिलाउने क्रममा अबिदुन ईब्राहिम र सन्तोष साहुखलले १–१ गोल गरेका थिए । जितसंगै थ्रिस्टार १८ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लीएको छ भने ७ अंकका मध्यपुर ११ औ स्थानमा छ । त्यस्तै आजै भएको दोश्रो मनाङ मस्र्याङ्गदी र जाउलाखेल युथ क्लबबीचको खेल एक–एकको बराबरीमा सकिएको हो । दशरथ रंगशलामा नै भएको खेलमा मनाङ मस्र्याङ्गदीका तर्फबाट एम स्टेफन र जाउलाखेलका तर्फबाट जुमा ब्यान्लेले एक–एक गोल गरेका हुन् । बराबरी संगै मनाङ मस्र्याङ्गदी १५ सहित अंक तालिकाको चौथो स्थानमा छ भने जाउलाखेल ७ अंकका साथ तालिकाको १३ औ स्थानमा छ । 


आफनो देशका लागी उत्तर कोरिया ठूलो सुरक्षा चुनौति रहेको दक्षीण कोरियाकी नवनियुक्त राष्ट्रपतिको भनाई


दक्षीण कोरियाकी नवनियुक्त राष्ट्रपति पार्क ग्यून हाइले आफनो देशका लागी उत्तर कोरिया ठूलो सुरक्षा चुनौति भएको बताएकी छिन् ।राष्ट्रपति निर्वाचित भएको भोलीपल्टै आज पार्कले छिमेकमा उत्तर कोरियाजस्ता देश हुन खतरापूर्ण भएको बताएकी हुन् । कोरियन प्रायद्धिपमा शान्ति कायम गर्नका लागी विश्वसनिय ढँगले वार्तामा आउन समेत उनले उत्तर कोरियासँग आग्रह गरेकी छिन् । उनको जितपछि उत्तर कोरियाले कुनै प्रतिक्रीया नजनाइसकेको भएपनि पार्क सम्बद्ध सेनुरी पार्टिलाई भने सनकको सँज्ञा दिदै आएको छ । हिजो घोषणा गरिएको निर्वाचन परिणाममा प्रतिद्धन्दी मुन जे लाई पराजीत गर्दे पार्क दक्षीण कोरियाको प्रथम महिला राष्ट्रपति भएकी हुन् ।

अफगानिस्तानमा १६ जनाको हत्यामा संलग्न अमेरिकी सैनिक रोबर्ट बेल्समाथि कोर्ट मार्शल हुने


  अफगानिस्तानमा १६ जनाको हत्यामा संलग्न अमेरिकी सैनिक रोबर्ट बेल्समाथि कोर्ट मार्शल हुने भएको छ । अमेरिकी सेनाले बेल्सलाई कोर्ट मार्शलका लागि सिफारिस गरिएको र उनी दोषी ठहर भए मृत्युदण्ड पाउने बताएको हो । तर सेनाले बेल्समाथि हुने सुनुवाइको समय तोकेको छैन । अफगानिस्तानमा खटिएका बेला सेनाका सर्जेन्ट बेल्सले गएको मार्चमा अफगानिस्तानको कान्दाहार प्रान्तमा दुईवटा गाउँमा प्रवेश गरी गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो भने ६ जना घाईते भएका थिए । बेल्सलाई १६ जनाको हत्या गरेको, ६ जनाको हत्या प्रयास गरेको, आक्रमण गरेको तथा  ड्यूटी समयमा मदिरा र लागूपदार्थ सेवन गरेको अभियोग लगाईएको छ । बेल्सका वकिलहरुले विद्रोहीको आक्रमणमा आफ्ना सहकर्मीलाई लागेको चोटका कारण उनी मानसिक रुपमा विक्षिप्त बनेको र अर्ध बेहोसी हालतमा उनले घटना गराएको भन्दै दावी गरेका छन् । तर सरकारी वकिलले भने प्रारम्भिक सुनुवाईबाट बेल्स आफ्ना गतिविधीप्रति पूर्ण रुपमा सचेत रहेको पाइएको बताएका छन् ।

प्रहरी कार्यालयभित्रै हवलदारद्वारा आत्महत्या


 काठमाडौँ, पुस ५/  जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत एक जना प्रहरी हवलदारले विहीबार दिउसो जिल्ला प्रहरी कार्यालय भित्रै गोली हानी आत्महत्या गरेका छन् ।डडेलधुरा देवल दिब्यपुर( ४ स्थायी घर ठेगाना भएका प्रहरी हवलदार रामवहादुर पालले ड्यूटीमा रहेको बेला एसएलआर राइफलले  चिउँडोमा पड्काएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक हप्तादेखि क्वाटर गार्डको सुरक्षार्थ खटिएका थिए । कालिकोटका प्रहरी प्रमुख डिएसपी रमेशकुमार पोखरेलले भने बिहीबार दिउसो १स्३२ बजे एक्कासी बन्दुक पड्किएको आवाज आएपछि हेर्न पठाउँदा हवलदार पालको मृत्यु भइसकेको थियो । उनका अनुसार पाल ४ जना सहयोगी सिपाहीसहित जिल्ला प्रहरी कार्यालयको सुरक्षामा थिए ।आत्महत्याको कारण थाहा नभए पनि उनको मोवाइलमा फोन आएपछि कुरा गर्दै जिल्ला प्रहरीको भित्र पट्टी सुत्ने कोठामा गएको प्रत्यक्षदर्शी प्रहरीले बताए ।  भित्र गएको ५र६ मिनेटपछि बन्दुक पड्को आवाज आयो, हेर्न जादा उनी ढलेको देखिएको प्रत्यक्षदर्शी प्रहरीले बताए ।गोली मृतकको चिउडो छेडेर टाउकोबाट निस्किएर टिनको जस्तामा २ वटा प्वाल परेको देखिएको छ । उनको टाउकोको खप्पर निस्किएको अवस्था छ । उनले बुट जुत्ता खोलेर खुट्टाको बुढी औलाले एसएलआर कक गरेर बन्दुक पड्काएको प्रहरी अनुमान छ ।एउटा मात्र गोलीको खोका भेटिए पनि दुई वटा गोली पडकिएको प्रहरीले जनायो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा ज्वालामुखी आएको निराधार


काठमाडौ , पुस ५ / रसुवामा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा ज्वालामुखी आएको निराधार रहेको निकुञ्जले जनाएको छ ।
सहायक वार्डेन बुद्धिराज पाठकसहितको नेपाली सेनाको स्थलगत टोलीले निकुञ्जमा आगलागी भएको पुष्टि गरेको हो । निकुञ्जभित्र एक्कासि धुँवा र आगोको मुस्लो देखिएपछि बुझ्न टोली घटनास्थल गएको थियो ।
उक्त धुँवा र आगोको मुसलो देखेपछि लाङटाङ हिमालमा ज्वालामुखि विष्फोट भएको आशंका गरिएको थियो । ज्वालामुखी नभई अन्य कुनै कारणले आगलागी भएको निकुञ्जका निमित्त प्रमुख रामदेव चौधरीले जानकारी दिए ।
चौधरीले बिहान ११ देखि साढे ११ को बीचमा निकुञ्ज भित्रको टिमुरे र ठूलो स्याफ्रुवेसी  क्षेत्रमा आगोको मुस्लो देखिएको बताए । उनले शिकारीहरुले आगो बालेको हुनसक्ने बताए । त्यसक्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पाइने भएकाले चोरी तस्करीका लागि शिकारीहरु पुग्ने गरेका छन् । घट्नास्थल सदरमुकामबाट साढे २ घण्टाको दुरीमा छ ।
नेपाल युरेसिया र इण्डियन प्लेटोको संगमस्थलमा छ । यस्तो ठाउँमा ज्वालामुखीमा जान नसक्ने विशेषज्ञहरु बताउँछन् जापान, मलेसियाजस्ता मुलुक भने ज्वालामुखी जाने क्षेत्रमा पर्दछन्

ध्रुर्वे हात्ति मार्ने प्रयास अझै असफल÷ सहमती पछि हात्तिको आक्रमणबाट मृत्यु भएका दम्पतीको आज अन्त्यष्टि गरिया


चितवन, पुस ५/ चितवन राष्ट्रिय निकुन्जको जंगली हात्ती धुर्वेको आक्रमणवाट ज्यान गुमाएका माडिका वोटे दम्पतिको पांच दिन पछि बिहीवार अन्तेष्टी गरिएको छ । शनिवार राती घरमा सुतिरहेका वेला गर्दी–९का बुद्धिराम बोट र जरिया बोटलाई हात्तीले आक्रमण गर्दा ज्यान गएको थियो । तत्कालका लागि ६ लाख रुपैया राहत दिने अरु रकम र माग पुरा गर्न पहल गर्ने सहमती पछि जिल्लाका दलहरुको आग्रहमा स्थानिय आन्दोलन रोक्न राजी भएर संस्कार गरेका हुन् । शव यात्रामा सर्वसाधरणको ठ्ु्लोे सख्यामा सहभागिता थियो । क्षतिपुर्ती लगायतका माग राखी स्थानियले शवलाई बरुवा बजारको चौतारामा राखेर प्रदर्शन गर्दैै आएका थिए ।
मृतकका परिवारलाई ६ लाख उपलव्ध गराउने र थप रकमका लागी मन्त्रालयमा वार्तामा जाने राजनितिक दलका जिल्ला प्रमुख र संघर्ष समितिबीच सहमती भएको छ । एमाले पार्टी कार्यालयमा बिहीवार बसेको बैठकले थप रकमका लागी केहि दिन पछि मन्त्रालयमा डेलिगेसन जाने सहमती भएको हो । हात्ती मार्नु पर्ने अडानमा रहेका स्थानियवासी टोली परिचालीत भएकाले विश्वासमा रहेका छन् । राहत रकमका बारेमा पनि एक प्रकारको सहमती भएकाले लास दाहसंस्कार गर्ने निर्णय गरेको नेपाल बोटे समाजका अध्यक्ष जेना बोटेले वताउनु भयो ।
बोट दम्पतीको ज्यान लिने धु्रवे नामको हात्तीको खोजी कार्य जारी रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकवहादुर कार्कीले हात्ती निकुञ्जको सुखीभार क्षेत्रमा रहेको अनुमान गरिएको बताउनुभयो । उहांले  रेडियो कलरका आधारमा पछ्याईरहेको वताउनु भएको छ । हात्ती मार्न ७० जनाको टोली खटाइएको छ । ज्यानमारा जंगली हात्ती धुर्वे घाईते अवस्थामा बेपत्ता भएको थियो ।
 चितवन राष्ट्रिय निकुन्ज भित्र बुधवार सेनाले प्रहार गरेको गोली लागेपछि हात्ती बेपत्ता भएको हो । सुरक्षा टोलीले रातको समय भएकाले मार्न नसकेको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो । हात्तीलाई खोज्न प्राबिधिक सहितको सुरक्षा टोली परिचालित भैरहेको उहांले बताउनुभयो । तर , हुस्सुको कारण खोजी अभियान प्रभावित भएको छ । वाक्लो जंगल र हुस्सुको कारणले प्रविधिक टोलीलाई कठिनाई भैरहेको प्रजिअ दवाडीले बताउनुभयो ।

कसैले भन्दैमा सनक र आवेगमा आएर राजीनामा नदिने प्रधानमन्त्री भट्टराईको भनाई ।


काठमाडौँ, पुस ५/ प्रधानमन्त्री बाबुराम भट्टराईले कसैले भन्दैमा सनक र आवेगमा आएर राजीनामा नदिने स्पष्ट पार्नु भएको छ । देश थप दुर्घटनामा फस्ने भएकाले तत्काल राजिनामा नदिएको प्रधानमन्त्रिको प्रष्टोक्तिी छ । तर, उहाले दलहरुबिच सहमती भए आफु राष्ट्रिय सरकार निर्माणका लगि बाधक नबन्ने समेत उहाँले जिकीर गर्नुभयो ।
सरकारी निवास बालुवाटारमा आज  पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रि भट्टराइले राजीनामा दिंदा सहमति र वैधानिकताको टेको ढल्ने भएकाले नै राजिनामा नदिएको स्पष्ट पार्नुभयो । उहाले सहमतीको लागि प्रधानमन्त्रि नै बाधक हो भनेर गरिएको दुष्प्रचार नै सहमतीकालागि बाधक बनेको दाबी गर्नुभयो ।
प्रधानमन्त्रि भट्टराइले आगामी बैशाखमा गर्ने संविधानसभा निर्वाचनको मिति वर्तमान सरकारले नैं घोषणा गर्ने र केही दिनका लगि यही सरकारलई राष्ट्रिय स्वरुप दिएपछि मात्रै राजीनामा दिने दोहोरयाउनु भयो । केही दिनका लगि कांग्रेस एमाले पनि आएर वर्तमान सरकारलई राष्ट्रिय स्वरुप दिए पछि मात्रै माओवादी कांग्रेस नेतृत्वको सरकारमा जाने उहाको भनाइ छ । उहाँले दलहरुका बीचमा यहि विषयमा सकारात्मक छलफल  भैरहेको दाबी गर्नुभयो ।  

प्रधानमन्त्री भट्टराईलाई राजिनामा गर्न मनाउन एमाले नेता माधव नेपाललाई एमाओवादी अध्यक्ष प्रचण्डको आग्रह


काठमाडौँ, पुस ५/  एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिन नमानेको बताएका छन् ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबार भएको भेटमा दाहालले भट्टराईको बहिर्गमन नहुँदा समस्या भएको बताए । ुबाबुरामजी मान्दै मान्नुहुन्न के गर्ने होला रु,ु दाहालको भनाई उद्धृत गर्दै नेपाल निकट स्रोतले भन्यो, ुएमालेले मनाउन पहल गर्नुपर्‍यो ।ु
४५ मिनेट भएको भेट भट्टराईको बहिर्गमन केन्द्रित थियो । दाहाल, र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि नै भट्टराईलाई मनाउने जिम्मा नेता नेपाललाई दिएका थिए । सहमतिका लागि दाहाल, नेपाल र सिटौलाबीच लगातार तीन दिन वार्ता भएका थिए ।
एमाओवादी संस्थापन पक्षले राजीनामा दिन आग्रह गरे पनि भट्टराईले मानेका छैनन् । उनले एमाओवादी पदाधिकारी बैठकसमेत बहिष्कार गरेका छन् ।

Wednesday, December 19, 2012

बाराक ओबामा दोश्रो पटक टाइम वर्ष व्यक्ति



पुस ४ – अमेरिकाको प्रतिष्ठित म्यागेजिन टाइमले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई टाइम वर्ष व्यक्ति २०१२ घोषित गरेको छ । याहू कम्पनीकी सिइओ मरिसा मायर, इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सी, एप्पलका सिइओ टिम कुक, अमेरिकी विदेश सचिव हिलारी क्लिन्टन लगायतका अन्य सात प्रतिष्पर्धीलाई उछिन्दै ओबामा टाइम वर्ष व्यक्ति घोषित हुनुभएको हो ।

७ सय कुखरा खाडलमा पुरियो


  • धादिङ, पुस ४ - कुखुराको मासुको मुल्य अस्थिर भएर कुखुरापालक किसान मर्कामा परिरहेको बेला धादिङको धार्केमा एउटै खोरमा ७ सय भन्दा बढि कुखुरा शंकास्पद ढंगले विरामी परेपछि यस भेगका कुखुरापालक किसान चिन्तामा परेका छन् । एक हप्तादेखि लगातार कुखुरा मर्न थालेपछि बुधवार कुखुराफर्म पुगेको पशु स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले ती सबै कुखुरालाई खोला किनारमा गाडेको हो ।

ध्रुवेको आक्रमणबाट ज्यान गुमाउने बोट परिवारलाई ६ लाख


चितवन, पुस ४ जंगली हात्ती ध्रुवेको आक्रमणबाट ज्यान गुमाएका चितवन माडीको गर्दी ९ द्रौपदी नगरका बुद्धिराम र जरिया बोटका परिवारलाई ६ लाख रुपैयाँ राहत दिईने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा वुधवार बसेको सर्बक्षीय बैठकले तत्काल ६ लाख रुपैयाँ उपलब्ध गराउने र मृतक परिवारका एक जनालाई निकुञ्जमा रोजगारी दिने निर्णय गरेको हो ।

आफ्नो भारत भ्रमण अगावै सहमति गर्न राष्ट्रपतिको आग्रह


काठमाडौं, पुस ४ – राष्ट्रपति डा. रामवरण यादवले आफू भारत भ्रमणमा जानुअघि नै सहमति गरेर राजनीतिक निकास निकाल्न आग्रह गर्नुभएको छ । राष्ट्रपतिलाई भेट्न बुधबार शीतल निवास पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग राष्ट्रपति यादवले राजनीतिक गतिरोधप्रति चिन्ता ब्यक्त गर्दै आफ्नो भारत भ्रमण भन्दा पहिले नै सहमतिका लागि आग्रह गर्नुभएको हो ।

प्रहरी असईद्वारा पत्रकारमाथि कुटपिट


बाग्लुङ, पुस ४ – डकुमेन्ट्री छयांकनका लागि बाग्लुङको बोहरागाउ पुगेका एक पत्रकारलाई झिवाखोला प्रहरी चौकीका ईन्चार्जले कुटपिट गरेका छन् । डकुमेन्ट्री छायांकन गर्न गएका कोहलपुर एफएमका कार्यक्रम संयोजक कपिल न्यौपानेमाथि चौकीका इन्चार्ज असई राजेन्द्रप्रसाद भट्टले कुटपिट गर्नुभएको हो ।

Tuesday, December 18, 2012

‘मेडिकल फेल’ भएर विदेशबाट १ सय २० कामदार फिर्ता


काठमाडौ, पुस ३ – स्वास्थ्य परीक्षणमा कमजोरी देखाएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदार फिर्ता पठाउने क्रम अझै रोकिएको छैन ।
यस्तो समस्या सबैभन्दा बढी मलेसिया जाने कामदारमा देखिएको नेपाल स्वास्थ्य ब्यवसायी महासंघले जनाएको छ ।
नेपालबाट स्वास्थ्य परीक्षणमा सफल भएर मलेसिया पुगेका कामदारलाई मलेसियामा अस्वस्थताको प्रमाणपत्र दिएर फिर्ता पठाइएको महासंघका अध्यक्ष प्रवीण तिवारीले बताउनुभयो ।
मलेशियामा विदेशी कामदारको स्वास्थ्य परीक्षण फोमेमा भन्ने संस्थाले गर्ने गरेको छ । विदेशमा अदक्ष स्वास्थ्यकर्मीले परीक्षण गर्दा लापरवाही हुने गरेकाले नेपाली कामदारले अनावश्यक झण्झट व्योहोर्नुपरेको महासंघका अध्यक्ष तिवारीको भनाई छ । उहाँका अनुसार मंसिर महिनामा मात्रै १ सय २० कामदार स्वास्थ्य परीक्षणमा असफल भएर फिर्ता आएका छन् ।
जसमध्ये सबैभन्दा धेरै १ सय जना कामदार मलेसियाले फिर्ता पठाएको छ । मलेसिया सरकारलाई यसबारे बारम्बार जानकारी गराएपनि नेपाल सरकार बलियो रुपमा प्रस्तुत हुन नसक्दा समस्या कायम रहेको तिवारीले बताउनुभयो । कतार गएका नेपाली कामदारमा समेत यस्तो समस्या देखिएको छ ।
केही कामदारले स्वास्थ्य परीक्षणको नक्कली रिपोर्ट पेश गरेर जाँदा समस्या हुने भएकाले वैदेशिक रोजगार विभागले यसमा कडाई गर्नुपर्नेमा स्वास्थ्य व्यवसायीहरुले जोड दिएका छन् । स्वास्थ्य परीक्षणमा कमजोरी देखाएर फिर्ता पठाईएका कामदारलाई स्वास्थ्य व्यवसायी महासंघले क्षतिपूर्ति वापत ४० हजार रुपैयाँ दिने गरेको छ ।
तर नक्कली रिपोर्ट देखाएर जानेहरुले त्यस्तो क्षतिपूर्ति नपाउने हुनाले कामदारलाई मर्कामा पर्नबाट जोगाउन श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायले स्पष्ट रुपमा समस्या समाधानको प्रयास गर्नुपर्ने महासंघका अध्यक्ष तिवारी बताउनुहुन्छ ।

धुर्बे’ मार्न माग गर्दै चौथो दिनपनि आन्दोलन


चितवन, पुस ३ – जंगली हात्तीको आक्रमणमा दुई जनाको ज्यान गएपछि चितवन माडीका वासिन्दाले हात्ती मार्नुपर्ने माग गर्दै मंगलबार चौथो दिन पनि आन्दोलन जारी राखेका छन् ।
उनीहरुले मंगलबार बिहान १० बजेसम्म आक्रमण गर्ने हात्ती ‘धुर्बे’ नमारिए आन्दोलन अझै चर्काउने चेतावनी दिएका छन् ।
शनिबार राती हात्तीको आक्रमणबाट गर्दी गाविसका बुद्धिराम बोट र उहाँकी श्रीमती जरिया बोटको ज्यान गएपछि माडीवासी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले सोमबार निकुञ्ज मुख्यालय पुगेर प्रमुख संरक्षण अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै कार्यालयका केही सीसा समेत फुटाएका छन् ।
माडीबासीले जंगली हात्ती तत्काल मार्नुपर्ने, मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने, नारायणगढबाट माडी जाने सडक फराकिलो बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका हुन् । आन्दोलनमा राजनीतिक दलका स्थानीय नेताले पनि ऐक्यबद्धता जनाएका छन् ।
माडीबासीको आन्दोलनका कारण मंगलबार चौथो दिनपनि नारायणगढ ठोरी सडक खण्डमा यातायात बन्द भएको छ भने माडीका बजार र पसल पनि बन्द छन् ।
यसैबीच, जंगली हात्तीले सोमबार राती पनि माडीको गर्दी गाबिसका दुई घरमा क्षति पुर्‍याएको
छ । गर्दी ७ का रामप्रसाद न्यौपानेको घर भत्काउनुका साथै घरमा रहेको ७ बोरा धान खेतमा पोखाइदिएको छ । यस्तै गर्दी १ कै मुन्सी महतोको घर भत्काएर ३ बोरा धान पोखाईदिएको छ ।
हात्ती नियन्त्रणका लागि कसराबाट खटिएको नेपाली सेनाको टोलीले ५ राउण्ड हवाई फायर गरेकाले हात्ती जंगलतिर भागेर थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

केयुकेएलमा नातावाद छैन : प्रधानमन्त्री


काठमाडौ, पुस ३ – काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले कानुनी र प्रक्रियागत रुपमै तिमिला यमी थापालाई अध्यक्ष चयन गरेको दावी गरेको छ ।
प्रधानमन्त्री पत्नी हिसिला यमीको दबाबमा तिमिलालाई अध्यक्ष बनाईएको भन्दै आलोचना भइरहेका बेला केयुकेएलले मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष चयनमा प्रक्रियागत त्रुटी नभएको दावी गरेको हो ।
केयुकेएलको सञ्चालक निकाय काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले तिमिलाको नियुक्तिमा पारिवारिक र नातावादको कुरा जोडिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
केयुकेएलमा केही कमीकमजोरी भए त्यसलाई सच्याउन आफू तयार रहेको भन्दै प्रधानमन्त्रीले अध्यक्ष नियुक्तिको कुरालाई अतिरञ्जित नगर्न आग्रह समेत गर्नुभयो । तिमिला यमीलाई अर्को व्यवस्था नभएसम्मका केयुकेएलको अध्यक्षको जिम्मेवारी दिइएको उहाँको भनाई छ ।
शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले प्रक्रिया पुर्‍याएर कानुनी रुपमा समिति गठन गरी यमीलाई मन्त्रालयको प्रतिनिधीका रुपमा अध्यक्ष तोकिएको बताउनुभयो । यसअघिका अध्यक्ष तथा स्वतन्त्र सञ्चालक प्रयागलाल जोशीलाई पदबाट हटाएर प्रधानमन्त्रीकी पत्नी हिसिला यमीकी दिदी तिमिलालाई नियुक्त गरेपछि आलोचना बढेको थियो ।

Friday, December 14, 2012

पृथ्वी नष्ट हुने हल्लाका बारेमा के भन्छन् ज्योतिषहरु

काठमाडौँ, मंसिर २८ / आगामी पुस ६ गते अर्थात् डिसेम्बर २१ मा पृथ्वी नष्ट हुने पश्चिमेली देशबाट फैलिएको हल्ला हल्लामात्र रहेको संहिताशास्त्री तथा ज्योतिषशास्त्रीहरुले बताएका छन् ।
‘यसो भन्दैमा केही पनि हुँदैन त भन्न सकिँदैन, ग्रह नक्षेत्रको आधारलाई लिने हो भने केही अशुभ लक्षणचाहिँ रहेको देखिन्छ ।’ संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला भन्नुहुन्छ । बास्तोलाले पुस ६ गते खराब रहेको औँल्याइए तापनि मङ्सिर २९ गतेदेखि पुस २ गतेसम्म ग्रहगोचरको अध्ययन गर्दा केही अशुभ रहेकाले धार्मिक कार्य गर्नु राम्रो हुने बताउनुभयो । मङ्सिर ३० गते प्रतिपदा तिथि र मूल नक्षेत्र परेकाले ज्वालामुखी देखिने सम्भावना रहेको, यसै अवधिमा सूर्य–बुध–शुक्र–राहु र चन्द्रमा पाँच ग्रहको युती ९एकै ठाउँमा० दुईदिन आधा वास हुने योग परेको छ ।
यी पाँच ग्रहको मङ्गल र शनिग्रहसँग द्विद्र्वादश ९नराम्रो सम्बन्ध० रहेको छ । त्यसैगरी गुरु–केतु समसप्तक ९सँगै रहने० भएको तथा उत्तराद्र्धमा शनि–राहुको युती ९एकै स्थानमा० रहने र शनि–राहुको शुक्रसँग द्विद्र्वादश सम्बन्ध परेको छ ।
यसैगरी शनि–राहुको गुरुसँग षडष्टक ९छैटौँ तथा आठौँ० स्थान रहेकाले विश्व रङ्गमञ्चमा राजनीतिक उथलपुथल हुने लक्षण देखा परेको छ ।
त्यस्तै पुस सङ्क्रान्ति शनिबार मध्यरातबाट सुरु भई शनिबार र आइतबार दुईदिन पर्न गएकाले पृथ्वीमा अँध्यारो हुने योग रहेको छ तथापि दक्षिण एसिया, नेपालमा सामान्य प्रभाव बादल लाग्ने वा तुवालो देखिने हुन सक्ने संहिताशास्त्री बास्तोला बताउनुहुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराई यो केवल मानिसमा त्रास मात्र फैलाइएको हो, यसमा कुनै वैज्ञानिक आधार नभएको उल्लेख गर्दै ग्रह गोचरको वासस्थानको अध्ययन गर्दा सूर्यको किरणमा सामन्य प्रभाव पर्नसक्ने भएकाले सबै सावधान रहनु एवम् भगवान्को स्मरण गर्नु राम्रो हुने बताउनुहुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव पं ज्योतिष सूर्यप्रसाद ढुङ्गेल यो अवधिमा सूर्य र पृथ्वीको बीचमा आकाशगङ्गा पर्ने भएकाले कति प्रभाव हुन्छ भन्न नसकिने भए तापनि सामान्यभन्दा ठूलो कुनै सङ्कट देखा नपर्ने बताउनुहुन्छ ।

पदोन्नतीमा आरक्षणको विषयलाई लिएर भारतको उत्तर प्रदेशका १८ लाख कर्मचारी आन्दोलनमा


 मंसिर २८/  आरक्षण सम्बन्धि संसोधित पदोन्नतिमा आरक्षणको विषयलाई लिएर भारतको उत्तरप्रदेशका १८ लाख कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।विधेयक राज्यसभामा पेश भएपछि यसको विरोधमा कर्मचारीले अनिश्चितकालीन हड्ताल शुरु गरेका छन् ।बिजुली, पानी, स्वास्थ्य र ढुवानी जस्ता अत्यावश्यक क्षेत्रमा भने आन्दोलन भएको छैन । सूचीकृत जाती÷जनजातिका कर्मचारी र अधिकारीलाई आरक्षण दिने प्रस्तावको विरोध गरिरहेका कर्मचारी संगठन, शिक्षक लगायतले आन्दोलन शुरु गरेका हुन् ।सूचीकृत जातिका कर्मचारी आरक्षण पाएर माथिल्लो पदमा पुग्ने तर सामान्य कर्मचारी भने तल्लो पदमा रहिरहने भएकाले पदोन्नतीमा आरक्षण हुन नहुने उनीहरुको तर्क छ । आरक्षणको पक्षमा रहेका कर्मचारीहरुले भने हड्तालको प्रभाव पर्न नदिन चार घण्टा अतिरिक्त समय काम गर्ने भएका छन् ।


मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तीन वर्षे बीए प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित


*

काठमाडौँ, मंसिर २८/  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ (खरिपाटी) स्नातक तह तीन वर्षे बीए प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।

स्कूले बिद्यार्थीको अपहरण गरी हत्या गर्नेलाइ सर्वस्वसहित ७८ बर्ष कैदको फैसला


काठमाडौँ, मंसिर २८/ दुई स्कूले बिद्यार्थीको अपहरण गरी हत्या गरेका मेराज अहमद साईलाई बाँके जिल्ला अदालतले सर्वस्वसहित ७८ बर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायधीश शेखरप्रसाद पौड्यालको इजालासले अपहरणमा संलग्न अन्य आठ अभियुक्तलाई पनि ७८–७८ बर्ष कैद तोक्नुका साथै पीडित परिवारलाई १ लाख क्षतिपूर्ति र १० लाख फिरौती भराउने फैसला गरेको छ ।  

दुई बर्षअघि बिद्यार्थीद्वय कपिल द्ववेदी र लिलाधर भट्टको अपहरण गरी १० लाख फिरौती लिई हत्या गरिएको थियो । मेराजलाई दुई बालकको अपहरण र हत्यामा संलग्नत भएको ठहर गर्दै अदालते ३९(३९ बर्ष कैद तोकेको हो । फिरौती दिन मध्यस्थता गरेको अभियोग लागेका चन्द्रेश्वरप्रसाद सिंहलाई अदालतले सफाई दिएको छ ।
सहयोगीहरु इब्राईम मनियार, रज्जाब अलि शेख, नाजिर खाँ, राजितराम बर्मा, रामशोभित बर्मा, कैलाश गडरियालाई ७८ बर्ष कैद तोकिएको हो । त्यस्तै, अपहरण र हत्याका सहयोगी प्रहरी हवल्दार साकिर अलि बेहनालाई २२ बर्ष कैद सजाय तोकिएको छ ।

बिषेश समितीद्धारा उपरथिको नेतृत्बमा महानिर्देशनालय बनाउने निर्णय ।

काठमाडौँ, मंसिर २८/  सेना समायोजन विशेष समितिको बैठकले लडाकु समायोजनका लागि उपरथीको नेतृत्वमा राष्ट्रिय वन तथा विपद् व्यवस्थापन महानिर्देशनालय गठन गर्ने निर्णय गरेको छ । आज बिहान समितिको कार्यलय नयाँ बानेश्वरमा बसेको बैठकले लडाकुका १ हजार चार सय ६० र अन्य सुरक्षा निकायका गरी ४ हजार १ सय ७१ जना रहने महानिर्देशनालय गठन गर्ने निर्णय गरेको हो ।  लडाकुलाई अनमिनको प्रमाणिकरणको आधारमा नेपाली सेनाको अधिकृतस्तर र जवानस्तरको सुविधा दिने निर्णय पनि गरिएको नेताहरुले बताए । त्यसैगरी अहिलेसम्म स्वेच्छिक अबकाशको रकम बुझ्न नआउनेहरुका लागि ७० दिने र ३५ दिने सूचना जारी गर्ने निर्णय भएको छ । समितिले सेनामा समायोजनका लागि तालिममा छनौट भए पनि स्वेच्छिक अबकाशमा जान चाहनेहरुका लागि फेरि एक एकपटक मौका दिने भएको छ । समितिले विशेष समिति अन्तर्गतको सचिवालय विघटन गरी बालानन्द शर्माको नेतृत्वमा तीन सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । शनिबारबाट विशेष समितिको म्याद सकिने भए पनि अर्को बैठकले समितिको म्याद भने केही समय थप गर्ने मुख्य सचिव लिलामणी पौडेलले जानकारी दिए । 

कुर्चिलाई केन्द्रमा राखेर गरीने बार्ताले निकास दिन सक्दैन ः मोहन बैद्य 'किरण'


काठमाडौँ, मंसिर २८/ नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले दलहरुबीच कुुर्सी केन्द्रित वार्ता भईरहेको भन्दै अहिलेकै अवस्थामा सहमति बन्न नसक्ने ठोकुवा गरेका छन् । अहिले भईरहेका छलफल देश र जनताको हितमा भन्दा व्यक्ति र पार्टीको स्वार्थका लागि भएको उनको भनाई छ । सम्वाद डवली नामक मिडिया क्लवको आज राजधानीमा उद्घाटन गर्दै बैद्यले एजेन्डा विशेषमा केन्द्रित रहेर छलफल गर्न सरकार र दलहरुलाई आग्रह गरे ।कार्यक्रममा एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले दलहरुबीच प्रधानमन्त्रीको विकल्प तयार नहुञ्जेल बाबुराम भट्टराईले कुर्सी छाड्न नसक्ने बताए । त्यस्तै नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले बाबुराम भट्टराई नेतृत्वको सरकारले देश र जनतालाई धेरै दुःख दिएको भन्दै तत्काल सहमतिको मार्ग प्रशस्त गर्न आग्रह गरे । कार्यक्रममा एमाले नेता प्रदिप नेपालले भने अहिलेको अवस्थामा प्रतिपक्षले गर्ने आन्दोलनको कुनै तुक नहुने बताए ।

राजनीतिक दलहरुबीच सहमति भए त्याग गर्न तयार छु ः बाबुराम भट्टराई


काठमाडौँ, मंसिर २८/ प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक दलहरुबीच सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् ।ुकेही दिन वा हप्ता भित्र दलहरुले समग्र प्याकेजमा सहमति कायम गरेर वर्तमान राजनीतिक गतिरोधको निकास दिनै पर्दछ,ु अठारौं महानगर दिवसको अवसरमा शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले भने, ुप्रधानमन्त्रीको हैसियतले म त्यसका लागि जनुसुकै भूमिका निर्वाह गर्न र त्याग गर्न तत्पर रहेको पटक पटक दोहोर्‍याइसकेको छु ।ुप्रधानमन्त्रीले दलहरुबीच राष्ट्रिय सहमति कायम गरी संविधानसभाको नयाँ निर्वाचनमा जानु नै सवभन्दा उत्तम विकल्प भएको उल्लेख गरे । ुत्यसैले सरकारले आगामी वैशाख भित्र संविधानसभाको निर्वाचन गर्ने कार्यमा जुट्न सवैलाई आव्हृान गरिसकेको छ,ु उनले भने, ुनयाँ निर्वाचनवाट मात्रै हामी मुलुकमा विद्यमान लम्विदो संक्रमणकाल अन्त्य गरी राजनैतिक गत्यावरोधको निकास खोज्न सक्छौं र मुलुकलाई आर्थिक सामाजिक समृद्धिको नयाँ मार्ग मा डोर्‍याउन सक्दछौं ।ुप्रधानमन्त्रीले स्थानीय निकायमा जनप्रतिनिधिहरुको रिक्तताका कारण ती निकायमा जनताको प्रत्यक्ष नियन्त्रण र निगरानी कमजोर बन्न पुगेको उल्लेख गरे । ुफलस्वरुप यतिखेर हाम्रा स्थानीय निकायहरु आर्थिक अनुशासन पालना, सेवा प्रवाह एवं विकास निर्माणको काममा कमजोर  वन्दै गएका छन्,ु उनले भने, ुपछिल्लो समयमा विभिन्न स्थानीय निकायमा देखापरेको चरम आर्थिक उच्छृंखलता र भ्रष्टाचारजन्य कार्यको श्रृंखलालाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।

माओबादीले मुलुकमा एकलौटि शासन लाद्न खोजेको एमाले अध्यक्ष खनालको आरोप


काठमाडौँ, मंसिर २८/  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मधेशवादी दलको आडमा अन्य दलहरुलाई लत्याउँदै माओवादीले मुलुकमा एकलौटी रुपमा शासन गर्न खोजेको आरोप लगाउनु भएको छ ।नेकपा एमाले कपिलवस्तुको आठौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष खनालले मुलुकलाई निकास दिन सरकारबाट राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुको साटो मधेशवादी दलको बैशाखी टेकेर माओवादीले एमाले र नेपाली काँग्रेसलाई सहमतिको नाममा झुक्याउंदै आएको आरोप समेत लगाउनुभयो ।आफु लगायत नेपाली काँग्रेस समेत लगातार सहमतिको सरकारको पक्षमा रहे पनि विभिन्न बहाना खोजेर माओवादीले सहमति गर्न नखोजेको आरोप उहाँले लगाउनुभयो ।खनालले राष्ट्रपतिले राष्ट्यि सहमतिको सरकार गठनका लागि दिएको ३ पटकको समय सीमा सकिन लाग्दा समेत सहमतिको सरकार गठनका लागि माओवादी नै बाधक बन्दै आएको बताउनुभयो 

Tuesday, December 11, 2012

कक्षा ११ को परीक्षामा ४०.३८ प्रतिशत उत्तिर्ण


२६ मंसिर, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गरेको छ । परिषदले गत वैशाख–जेठ महिनामा संचालित कक्षा ११ को विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षामा नियमिततर्फ ४० दशमलव ३८ प्रतिशत अर्थात १ लाख १४ हजार १९ परीक्षार्थी उत्तिर्ण भएका छन् । यो गत वर्षभन्दा १ दशमलव ३८ प्रतिशतले बढी हो । गत वर्ष ३९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।
परिषद्का अनुसार २ लाख ८३ हजार ३ सय ५९ परीक्षा दिएका थिए । अनियमित गरेका २ सय ८९ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ भने १४ जनाको स्थगित भएको छ ।
यस्तै, आंशिकतर्फ कुल १ लाख ५८ हजार ६ सय ८९ विद्यार्थीले परीक्षा दिएकोमा ५१ हजार ५ सय २५ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

कीर्तिमान राख्न खोज्दा युवा जले (फोटो सहित)





जनखबर, मंसिर २६ / जल्दै गरेको बाँसको सुरुङ्ग भित्रवाट मोटरसाईकल गुडाएर विश्व कीर्तिमान राख्ने सघाउने दुई युवा जलेर घाइते भएका छन् । नेपाल प्रहरीका पुर्व हवल्दार ३६ बर्षीय शम्सेरवहादुर लम्साललाई कीर्तिमान राख्न सहयोग गर्ने क्रममा उनीहरु जलेका हुन् ।  जलेर घाइते हुनेहरुमा व्यास-१ भादगाउँका २८ बर्षीय सुरेश पन्थ र पर्वत घर भई हाल व्यास ११ दमौली वस्ने २९  बर्षीय सुमित थापा छन् । उनीहरुलाई दमौली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।बिश्व कीर्तिमान बनाउन बनाइएको  १ सय ५ मिटर लम्वाईको वाँसको टनेलमा भित्र  दुई वटा मोटरसाईकल समेत जलेको छ । आगो लगाउने क्रममा पन्थ र थापाले प्रयोग गरेको एक अपाची मोटरसाईकल समेत पूर्ण रुपमा नष्ट भएको छ । मोटरसाईकलको नम्वर खुल्न सकेको छैन । कीर्तिमानीको लागि लम्सालले कुदाएको अत्याधुनिक सुविधासम्पन्न कोरियन कम्पनिको वा ४८ प ८५१ नम्वरको मोटरसाईकल समेत जलेको छ । कीर्तिमान राख्न खाजेका लम्सालले जल्दै गरेको टनेलको करिव ६० प्रतिशत मोटरसाईकल गुडाई सकेको अवस्थामा उनको मोटरसाईकल दुर्घटनामा परेको हो । लम्साल भने सकुशल छन् ।दुई युवा जलेर घाईते भएपछि लम्सालमाथि हातपातको प्रयास समेत भएको थियो । स्थिती नियन्त्रणमा लिन लम्साललाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।आगोको मुस्लो वढ्दै गएपछि प्रहरीले सर्वसाधारणलाई पाखा लगाउन हम्मे हम्मे परेको थियो । किर्तिमानी राख्न खोजेका लम्सालले दुर्घटनाको वारेमा तत्काल कुनै प्रतिकृया दिएनन् ।मोटरसाईकल गुडाएर किर्तिमान राख्ने अभियानलाई दमौली स्थित गण्डकी कम्युटर ट्रेनिङ्ग सेन्टरले प्राविधिक खर्च वेहोरेको छ । लम्सालले यस अघि गत मंसिरमा २५ घण्टासम्म लगातार मोटरसाईकल गुडाएर विश्व किर्तिमान वनाई सकेका छन् ।

पुसको दोस्रो साताभित्र शिक्षकको खुल्ला विज्ञापन हुने


 जनखबर,काठमाडौं, मंसिर २६ / शिक्षक सेवा आयोगले रिक्त शिक्षक दरबन्दीमा १७ वर्षपछि पहिलोपटक आगामी पुसको दोस्रो साताभित्र खुल्ला विज्ञापन -परीक्षा) गर्ने भएको छ ।
विसं २०५२ देखि खुल्न नसकेको शिक्षक दरबन्दीको खुल्ला विज्ञापनका लागि यही मङ्सिर १८ गते मन्त्रिपरिषद्को बैठकले शिक्षा नियमावलीमा संशोधन गरी बाटो खुला गरेपछि आयोगले त्यसको तयारी गरेको हो । आयोगका अध्यक्ष उदयराज सोतीले नियमावली संशोधनमार्फत शिक्षा मन्त्रालयले २०६३ वैशाख ११ यताको रिक्त शिक्षक दरबन्दीका खुल्ला विज्ञापन गर्न पत्राचार गरेकाले आफूहरू त्यसको तयारीमा जुटेको जानकारी दिनुभयो ।
हामी पत्राचारका अतिरिक्त अन्य विभिन्न माध्यम पनि प्रयोग गरी तत्कालका लागि विज्ञापन हुने सङ्ख्याको सरकारले विसं २०५२ देखि शिक्षकहरूको खुल्ला विज्ञापन गर्न सकेको छैन । त्यसबेला कुल १४ हजार ३९७ शिक्षकका लागि खुल्ला परीक्षा लिइएकामा विंस २०६० मा नतिजा प्रकाशित भएको थियो । लामो समयदेखि शिक्षक अध्यापन अनुमतिपत्र लिएर शिक्षक हुने आशामा रहेका नयाँ जनशक्ति र अस्थायीरुपमा शिक्षण पेसामै कार्यरतहरूलाई आयोगको यो तयारीले केही राहत हुने दखिएको छ ।
संशोधित नियमावलीअनुसार अस्थायी शिक्षकहरूलाई एक पटकका लागि खुल्ला विज्ञापनमा सहभागी हुन उमेरको हदबन्दी लाग्ने छैन । विसं २०६३ वैशाख ११ उताको रिक्त दरबन्दीका विज्ञापन नगर्ने सरकारको निर्णयबाट शिक्षक सङ्घ/सङ्गठन र सरकारबीच भएका विगतको सहमति बेवास्ता हुने आवाज पनि उठिरहेको छ ।
शिक्षक नियुक्तिका लागि आधिकारिक निकाय सो आयोगले देशभरका जिल्ला शिक्षा कार्यालयहरूलाई पत्राचार गरी के कति सङ्ख्यामा शिक्षकको दरबन्दी खाली छ सो विवरण तत्काल पठाउन आग्रह गरेको अध्यक्ष सोतीले बताउनुभयो । आर्थिक वर्ष २०६०/६१ को आन्तरिक विज्ञापनमा करिब १२ हजार ९६ अस्थायी शिक्षकलाई स्थायी गरेको थियो भने सोही अवधिसम्म त्यत्ति नै सङ्ख्यामा शिक्षक रिक्त रहेका छन् । हाल देशभर करिव २५ हजार शिक्षक रिक्त रहे पनि २०६३ वैशाख ११ यता कति/कति सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त छन् भन्ने विवरणको अभाव भएपछि आयोगलाई केही साता तथ्याङ्क सङ्कलनमै लाग्ने भएको छ ।

एकै सातामा रुपन्देहीका दुई विद्यार्थी वेपत्ता


जनखबर,रुपन्देही, मंसिर २६/ एकै सातामा रुपन्देहीका दुई विद्यार्थी वेपत्ता भएका छन् । सैनामैना मेमोरियल इङ्लिस बोडिङ स्कूलको कक्षा ७ का विद्यार्थी पुरुषोत्तम घिमिरे र कान्ति उच्च मावि बुटवलमा कक्षा १० का विद्यार्थी रामप्रसाद अर्याल छुट्टाछुट्टै स्थानबाट वेपत्ता भएका हुन् । रुपन्देहीको पर्रोहा रानी बगियाका १३ वर्षीय बालक घिमिरे ११ दिनदेखि वेपत्ता भएको आमा कोपिला घिमिरेले बताउनुभयो ।

यसैगरी बुटवल नगरपालिका १५ झोलुंगे पुलका रामप्रसाद मंसिर २१ गतेदेखि बेपत्ता छन् । गत बिहीबार बिहान घरबाट निस्किएका उनी नफर्केको परिवारले जनाएको छ । उनीहरुको खोजीमा सहयोग गर्न परिवारले प्रहरी–प्रशासन, विभिन्न अधिकारवादी संघ–संगठन लगायतसंग आग्रह गरेको छ ।

माल्दिभ्समा हुने एएफसी च्यालेन्ज कप फुटबल छनोट चरणको समूह तालिका सार्वजनिक


जनखबर, मंसिर २६/ सन् २०१४ मा माल्दिभ्समा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि छनोट चरणको समूह तालिका सार्वजनिक भएको छ । आज एसियाली फुटबल महासंघ एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा भएको ड्र अनुसार नेपाल समूह डी मा परेको छ । यसैबीच, नेपालले पहिलो पटक हुन लागेको एएफसी यु–१४ च्याम्पियनशीप फुटबलको आयोजना गर्ने भएको छ । आगामी वर्ष हुने प्रतियोगिताको समूह सीको खेल नेपालमा हुने भएको हो ।
पहिलो महिला लिग फुटबल प्रतियोगिता मंसिर ३० गतेदेखि कैलालीको धनगढीमा हुने भएको छ । पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा पाँचै विकास क्षेत्रका साथै तीन विभागीय टोली गरी ८ टिमले सहभागीता जनाउने आयोजक अखिल नेपाल फुटबल एन्फाले जनाएको छ ।

मालीका प्रधानमन्त्री चेइक मोडिबो डियराद्धारा पदबाट राजीनामा


जनखबर, मंसिर २६/ अफ्रिकी मुलुक मालीका प्रधानमन्त्री चेइक मोडिबो डियराले राजीनामा दिनु भएको छ । हिजो राजधानी बमाकोस्थित आफ्नै घरमा सेनाले नियन्त्रणमा लिएपछि उहाँले आज राजीनामा दिनु भएको हो । फ्रान्स जाने तयारी गरिरहेका बेला सेनाले उहाँलाई नियन्त्रणमा लिएको हो । गत मार्च महिनामा भएको सैन्य कु पछि अप्रिलमा प्रधानमन्त्री डियराको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

पछिल्लो केही साता यता सेना र प्रधानमन्त्रीबीच सरकारको कामकारवाहीका विषयमा मतभेद रहदै आएको थियो । सेनाले हिजो प्रधानमन्त्री डियरालाई नियन्त्रणमा लिनका लागि उहाँ बसेको घरको ढोका फोडेको श्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सेनाले भने मुलुकलाई जटिल अवस्थामा राखेर प्रधानमन्त्रीले कुनै कारण नखुलाई मुलुक छाड्न लागेकाले पक्राउ गरिएको बताएको छ ।

'हु विल बि अ गोर्खा' सर्वोत्कृष्ट डकुमेण्ट्री


जनखबर,काठमाडौं, मंसिर २६ / केसान छेतेङ्गले बनाएको डकुमेण्ट्री ुहु विल बि अ गोर्खाु ले अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फमा सर्वोत्कृष्ट डकुमेण्ट्रीको उपाधि जितेको छ ।काठमाडौमा मंगलवार सकिएको महोत्सवको अन्तिम दिन हु विल वि अ गोर्खा ले १५ सय डलरको पुरस्कार पाएको हो ।यो डकुमेण्ट्रीले दर्शकहरुको मतका आधारमा लोकपृय डकुमेण्ट्रिको उपाधि पनि जित्यो । प्रतियोगितामा पोल्याण्डको आर्ट अफ फ्रिडमले दोश्रो हुदै १ हजार डलर तथा उत्तरी भारतको कथामा बनेको नोम्याडिक नाइट्सले तेश्रो हुँदै ५ सय डलर पुरस्कार जिते ।नेपाल पानरोमा विधा अन्तर्गतको डकुमेण्ट्री विधामा काडामाण्डू पहिलो भयो । रमेश खड्काले बनाएको काडामाण्डूले ५० हजार रुपैयाको पुरस्कार पायो भने ओस्कार कलेजका असिम चित्रकारले बनाएको  हरिले २५ हजार रुपैयाको पुरस्कार जित्यो ।किम्फको अन्तिम दिन सोमवार एरिक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस, सुर्वण थापाको सुनगाभा लगायत डकुमेण्ट्रि देखाइएको थियो । गएको २२ गतेदेखि सुरु भएको महोत्सवमा २८ देशका ६२ वटा छोटा फिल्म, डकुमेन्ट्री, फिक्सन, एनिमेसन समावेश थिए । पछिल्लो समय डकुमेन्ट्रीप्रति दर्शकको रुची बढ्दै गएको निर्माताहरुको भनाई छ ।

आफुलाई थप्पड हान्ने पदम कुंवरलाई प्रचण्ड आफैले धरौटी तिरेर जेलवाट छुटाए


*जनखबरकाठमाडौं,२६ मंसिर/ PsLs[t dfcf]jfbL cWoIf k'iksdn bfxfn k|r08nfO{ xftkft ug]{ afUn'ªsf kbd s'Fj/ cfh h]nd'Qm ePsf 5g\ . k|r08n] g} w/f}6L /sd hDdf ul/lbPkl5 s'j/ dxfgul/o k|x/L kl/;/ xg'dfg9f]sfaf6 l/xf ePsf x'g\ . h]naf6 5'6\g] lalQs} s'Fj/sf ;dy{sx?n] caL/ / dfnf nufO{lbO{ s]lxa]/ pgsf] ;dy{gdf gf/fafhL ;d]t u/]sf lyP . lxhf] lhNnf k|zf;g sfof{no sf7df8f}+n] dfu]sf] @* xhf/ w/f}6L ltg{ g;s] kl5 s'Fj/nfO{ h]n k7fOPsf] lyof] . k|r08sf tkm{af6 pxfsf ;xof]uL lza vs'/]nn] lhNnf k|zf;g sfof{nodf w/f}6L afktsf] @* xhf/ /sd hDdf ug'{ePsf] xf] . vs'/]nn] k|r08nfO{ xftkft ug]{ s'j/nfO{ klxn] g} dfkmL lbPklg 36gfnfO{ /fhlgtLs/0f ug{ vf]lhPsf sf/0f cfkm}n] w/f}6L afktsf] /sd hDdf ul/Psf] hfgsf/L lbg'eof] . lhNnf k|zf;g sfof{nodf pk:yLt ePsf s'j/n] kf6L{ / g]tfaf6 hgtfn] cfzf u/]sf] s'/f k|fTt ug{ g;s]kl5 cfkm' cfqmf]lzt ePsf] atfPsf 5g\ .
*o;cl3 w/f}6L /sd ltg{sf nfuL ljb]zdf /x]sf g]kfnLx?n] %* xhf/ ?k}Fof ;ª\sng u/]/ k7fOPsf lyP eg] ;xof]u /sd cfpg]qmd cem} hf/L 5 . 

Monday, December 10, 2012

प् रधानमन्त्री र माओवादी मन्त्रीकै मन्त्रालयमा बढी भ्रष्टाचार


काठमाडौ, मंसिर २६ - मन्त्रिपरिषद बैठकबाट कानुन मिचेर योग्यता नपुगेका व्यक्ति दिगम्बर झालाई दूर सञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको एक साता नपुग्दै प्रधानमन्त्री बाबुराम भट्टराईले महत्वपूर्ण सरकारी सेवामा बढी भ्रष्टाचार रहेको यथार्थ सार्वजनिक रूपमा स्वीकार गरेका छन् ।
आफ्नै नेतृत्वकै मन्त्रिपरिषदले मुख्यसचिव लीलामणि पौडेलको कानुनविपरीत हुने अडानविपरीत दूर सञ्चार क्षेत्रको अनुभवै नभएका व्यक्तिलाई दूर सञ्चार ऐन उल्लंघन गरी नियुक्त गर्नु र आफैंले महत्वपूर्ण सरकारी सेवामा बढी भ्रष्टाचार छ भनेर स्वीकारोक्ति गर्नुले प्रधानमन्त्रीको द्वैध चरित्र उजागर भएको सरकारी अधिकारी बताउँछन् ।
भ्रष्टाचार निवारण ऐनको व्याख्याअनुसार कानुनको उल्लंघन पनि भ्रष्टाचार हो । मन्त्रिपरिषदका सबै निर्णयको जवाफदेही प्रधानमन्त्री हुन्छन् । मन्त्रिपरिषदबाट प्राधिकरणको नियुक्तिमा भएको कानुन उल्लंघनको जिम्मेवार प्रधानमन्त्री स्वयं हुने सरकारी अधिकारी बताउँछन्।
भ्रष्टाचार निवारणविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमका क्रममा प्रधानमन्त्रीले आइतबार स्थानीय निकाय, विकासे मन्त्रालय, श्रम, भूमिसुधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी भ्रष्टाचार रहेको भनी दिएको अभिव्यक्ति आफैंमा यथार्थपरक छ । तर, प्रधानमन्त्रीले जुनजुन मन्त्रालयमा बढी भ्रष्टाचार रहेको बताएका छन्, तीमध्ये धेरैजसो मन्त्रालय प्रधानमन्त्री स्वयं र उनकै पार्टी माओवादीका नेताले सम्हालेका छन् । यो यथार्थले ती मन्त्रालयमा भइरहेका भ्रष्टाचारमा कसकसको संलग्नता छ र कसले संरक्षण दिइरहेको छ भन्ने कुरा आफैंमा छर्लंग हुने टिप्पणी पूर्व प्रशासकहरूको छ ।
ठूला विकासे मन्त्रालयहरूमध्ये भौतिक योजना, निर्माण तथा यातायातबाहेक सहरी विकास, ऊर्जा, कृषिमा प्रधानमन्त्री स्वयं मन्त्री छन्् भने दिनहुँ भ्रष्टाचारको समाचार आइरहने अर्को ठूलो विकासे मन्त्रालय स्थानीय विकासमा माओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री छन् ।
श्रममा माओवादीका सचिव पोष्टबहादुर बोगटी, भूमिसुधारमा प्रधानमन्त्री निकटस्थ नेता टोपबहादुर रायमाझी, शिक्षामा माओवादीकै नेता दिनानाथ शर्मामन्त्री छन् । प्रधानमन्त्रीले बढी भ्रष्टाचार हुने भनेको स्वास्थ्य मन्त्रालयमा मात्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मन्त्री छन् ।
विकासे मन्त्रालयमा कसरी कानुनविपरीत हस्तक्षेप हुने गरेको छ भन्ने पछिल्लो उदाहरण प्रधानमन्त्री भट्टराईले सम्हालेको सहरी विकास बनेको छ । सहरी विकास मन्त्रालय मातहतको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल) को अध्यक्षमा आइतबार प्रधानमन्त्रीकै पत्नी हिसिला यमीको हस्तक्षेपबाट उनकी दिदी तिमिला यमीलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री पत्नीले सहरी विकास र स्थानीय विकास मन्त्रालयमार्फत् दबाब दिएर काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका प्रतिनिधि फेर्न लगाएर जबर्जस्ती तिमिलालाई अध्यक्ष नियुक्त गरिएको हो ।
केयूकेलको अध्यक्षबाट निष्काशित प्रयागलाल जोशीलाई स्वतन्त्र सञ्चालकसमेतबाट हटाई उनको ठाउँमा हिसिलाकै नातेदार ज्ञानेन्द्र तुलाधरलाई नियुक्त गरिएको छ, जबकि जोशी खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि स्वतन्त्र सञ्चालक छानिएका हुन् । प्रधानमन्त्रीको सहमतिबिना हिसिलाले मन्त्रालयमा यति ठूलो हस्तक्षेप गरिन् भन्ने यथार्थ स्वीकार गर्न नसकिने सरकारी अधिकारी बताउँछन् ।
प्रधानमन्त्रीले सम्हालेको ऊर्जा मन्त्रालयमा माथिल्लो त्रिशुली ३ ए को वर्षायाममा मात्र विद्युत् उत्पादन क्षमता ३० मेगावाट बढ्ने गरी आयोजना निर्माण गर्ने विवादास्पद प्रस्ताव अघि बढाएको छ । क्षमता बढाउँदा निर्माण सुरु भइसकेको दुई वर्ष पुगिसकेको आयोजना सम्पन्न हुने म्याद दुई वर्ष थपिने र लागतसमेत करिब चार अर्ब रुपैयाँ बढ्नेछ । विद्युत् प्राधिकरणका दुइटा प्राविधिक समितिले उक्त आयोजनाको क्षमता विस्तार आर्थिक र प्राविधि दुवै हिसाबले उपयुक्त नहुने भनी प्रतिवेदन दिएको थिए । त्यसलाई बेवास्ता गरी ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवरको सयोजकत्वमा गठित समितिले ऊर्जामन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री भट्टराई र सचिव हरिराम कोइरालाको दबाबमा उक्त आयोजनाको क्षमता बढाउन आर्थिक तथा प्राविधिक हिसाबले उपयुक्त हुने सिफारिस गरेको छ । उक्त आयोजनाको क्षमता विस्तार गर्नु मुलुकको हितमा नहुने अडान लिएका प्राधिकरणका सञ्चालक समिति सदस्य कृष्ण दुलाललाई प्रधानमन्त्री भट्टराईले ऊर्जा मन्त्रीको हैसियतले बर्खास्त गरी उनको ठाउँमा डम्बरबहादुर नेपालीलाई नियुक्त गरेका छन् । क्षमता बढाउँदा माथिल्लो त्रिशुली ३ ए सन् २०१७ मा सम्पन्न हुनेछ । त्यतिबेलासम्म निर्माणाधीन विभिन्न आयोजनाबाट विद्युत् उत्पादन हुँदा वषर्बर्षायाममा मुलुकमा आवश्यकताभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले त्रिशुलीको ए को बढाइएको बिजुली खेर जाने भएकाले क्षमता विस्तार गर्न नहुने ऊर्जा मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, आफ्नै मन्त्रालय र प्राधिकरणका प्राविधिकहरूको सुझावलाई बेवास्ता गरी प्रधानमन्त्रीकै निर्देशनमा ऊर्जा मन्त्रालयले माथिल्लो त्रिशुली ३ एको क्षमता विस्तार गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लाँदैछ ।
स्थानीय विकास सबभन्दा बढी भ्रष्टाचार सार्वजनिक भइरहेको मन्त्रालय हो । लामो समयदेखि जनप्रतिनिधि नभएको र मन्त्रालयको राजनीतिक तथा प्रशासनिक नेतृत्वको संरक्षण भएकै कारण स्थानीय निकायहरूमा भ्रष्टाचार बढिरहेको हो स्थानीय निकाय मन्त्रालयबाट खटाइएका कर्मचारीको भरमा सञ्चालन हुँदै आएका छन् । स्थानीय निकायको कर्मचारीको खटनपटन स्थानीय विकास मन्त्री र सचिवबाट हुन्छ । अनियमिततामा मुछिएका उपसचिव र शाखा अधिकृतलाई स्थानीय विकास अधिकारी र नगरपालिकामा कार्यकारी अधिकृतमा खटाउन नमानेकै कारण स्थानीय विकास सचिव शीतलबाबु रेग्मीलाई तीन साताअघि सरुवा गरी राष्ट्रपति कार्यालय पठाएर थन्काइएको छ । जबकि प्रधानमन्त्री भट्टराई र मन्त्री श्रेष्ठले आफ्ना जिल्लाबासी रेग्मीलाई रोजेर स्थानीय विकासमा लगेका थिए ।
भूमिसुधार मन्त्रालय र मातहतका निकायमा समेत राजनीतिक नेतृत्वकै संरक्षणमा भ्रष्टाचार भइरहेको छ, यसमा प्रधानमन्त्रीकै सहमतिमा नापी विभागको महानिर्देशकको जिम्मेवारी विवादास्पद सहसचिव नागेन्द्र झालाई दिइनु र सामाजिक संस्थाको करोडौं रुपैयाँ मूल्य पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काठमाडौं मालपोतका तत्कालीन प्रमुख सुशील वैद्यलाई कुनै कारबाही नगरी मन्त्रालयमा ससम्मान राखिनु नै प्रत्यक्ष उदाहरण हुन् ।
झाले आफ्ना तालुकवाला तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहलाई हिन्दु युवा संघ पर्साका अध्यक्ष काशी तिवारीको हत्या गरेको अभियोगबाट बचाउन पीडितलाई ८ लाख रुपैयाँ घूस दिएका थिए, तिवारीकी पत्नीले नोटको बिटासहित झाले दिएको घूस सार्वजनिक गरेकी थिइन् । प्रधानमन्त्रीको निर्देशनमा आफू निकटस्थ नेता साहलाई बचाउन गुन लगाएका आर्थिक विवादमा मुछिएका झालाई महत्वपूर्ण र संवेदनशील विभाग नापीको महानिर्देशक बनाइएको हो । प्रधानमन्त्री स्वयंले नै सामान्य प्रशासनमन्त्रीको हैसियतमा झालाई महानिर्देशक बनाउन सहमति दिएका थिए । राजधानीको महाराजगन्जमा रहेको कुष्ठ रोग निवारण संघको करोडौं पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काठमाडौं मालपोतका तत्कालीन प्रमुख वैद्यलाई समेत कारबाही नगरी मन्त्रालयमा राखिएको छ । झा र वैद्यको प्रकरणले नै भूमिसुधारमा कसको संरक्षणमा भ्रष्टाचार बढिरहेको हो भन्ने घामजस्तै छर्लंग रहेको सरकारी अधिकारी नै बताउँछन् ।
लोकसेवा आयोगको निष्पक्षता र विश्वसनीयताको खिल्ली उडाउँदै आफ्नै पत्नीको कपी जाँची शाखा अधिकृतमा उत्तीर्ण गराएका सहसचिव सूर्य गौतमलाई शिक्षामन्त्री शर्माले कुनै कारबाही नगरी शिक्षा मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । यसबाटै शिक्षा मन्त्रालय र मातहतका निकायमा भ्रष्टाचारमा कसको संलग्नता र संरक्षण छ भन्ने कुरा स्वतः प्रष्ट हुने सरकारी अधिकारी बताउँछन् ।

 

महिलामाथि घरेलु हिंसाका घटना बढे


काठमाडौं, मंसिर २६ - सचेतना अभियानसँगै पछिल्लो समयमा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने गरेको पाइएको छ ।
बितेको चार महिनामा प्रहरीमा घरेलु हिंसाका साढे ६ सय उजूरी परेको छ ।
यस्तै गएको एक महिनाको अवधिमा मात्र राष्ट्रिय महिला आयोगमा घरेलु हिंसाका एक सय उजूरी परेको आयोगकी प्रवक्ता मोहना अन्सारीले बताउनुभयो ।
महिलामाथि हुने हिंसाका घटना नरोकिएपछि आयोगले बलात्कार, बोक्सी आरोप र दाईजोको नाममा हुने हत्या विरुद्धको कानुनमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न छलफल चलाईरहेको उहाँले जानकारी दिनुभयो ।
महिला हिंसाबारे सचेतना बढेपनि पीडितको संख्या नघटेको अधिकारकर्मीहरुको भनाई छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियान सोमवार मात्रै सकिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं, मंसिर २६ -नेकपा एमाले केन्द्रीय कमिटी बैठक मंगलवार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा आज पनि कार्यविभाजन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन् । सोमवारदेखि शुरु भएको बैठकमा स्थायी कमिटीको कार्य विभाजन सम्बन्धी प्रस्तावमाथि विवाद भएको छ ।

कुँवरको धरौटी दाहालले तिर्ने

काठमाडौ, मंसिर २६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हान्ने पदम कुँवरको धरौटी स्वंय दाहालले तिरिदिने भएका छन् । २८ हजार धरौटी तिर्न नसक्दा कुँवर सोमबार जेल चलान भएका थिए । बाग्लुङका कुँवरले २४ दिन अगाडि एमाओवादीले आयोजना गरेको चियापान समारोहमा दाहाललाई झापड हानेका थिए ।

काठमाडौं प्रशासनले धरौटी तिरे तारेखमा छाड्ने आदेश गरेकोमा कुँवर परिवारले धरौटी तिर्न सकेको थिएन । उनको बारेमा अन्तिम फैसला भने हुन बाँकी छ । दाहालका स्वकिय सचिव चुडामणि खड्काले आजै कुँवरको धरौटी तिरिने बताए । कुँवर छुट्ने प्रक्रियाका सम्बन्धमा दाहालले बिहान प्रहरी महानिरीक्षक कुवेरसिंह रानासंग टेलिफोनमा छलफल गरेका छन् ।।

घरजग्गा व्यवसाय २० प्रतिशतले बढ्यो


२६ मंसिर, काठमाण्डौं । चालु आर्थिक बर्षमा घरजग्गा व्यवसायमा उत्साहजनक वृद्धि भएको छ । चालु आवको ५ महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा घरजग्गा व्यवसाय २० प्रतिशतले बढेको अनुमान गरिएको नेपाल ल्याण्ड एण्ड हाउजिङ डेभलपर्स एशोसिएशनका अध्यक्ष इच्छाराम तामाले जानकारी दिएको खबर अभियान दैनिकले छापेको छ ।
उनले भने ‘सरकारले एक करोड रुपैयाँसम्मको घरजग्गा खरीदमा आयस्रोत खुलाउनु नपर्ने व्यवस्था गरेकाले पनि व्यवासयमा उत्साहजनक बृद्धि भएको हो ।’ उनका अनुसार बैंकहरुले घरजग्गामा प्रवाह गरेको एक करोड रुपैयाँसम्मको कर्जालाई रियल इस्टेटमा गणना गर्नु नपर्ने राष्ट्र बैंकले गरेको व्यवस्था पनि व्यवसाय बढ्नुको अर्को मुख्य कारण हो ।
बैंकहरुले प्रदान गर्दै आएको घरजग्गा कर्जामा व्याजदर घटाएकाले पनि यसमा सुधार आएको व्यवसायीहरु बताउँछन् ।

कुलमा फेला परेको बस्तु खाँदाचार वर्षीय सुरेन्द्रको मृत्यु


कालिकोट, २५ मंसिर । कालिकाट जिल्लामा चार वर्षीया बालकले स्कुलमा फेला परेको बस्तु खाँदा मृत्यु भएको छ ।
छाप्रे–८ बस्ने ४ बर्षीय सुरेन्द्र सार्कीले स्कुलमा आइतबार दिउसो कालो मासुको डल्लोजस्तो चिप्लो ठोस पदार्थ खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । सुरेन्द्रसहित चार जनाले सो वस्तु खाएका थिए ।
श्रीनैनेल माध्यमिक बिद्यालयको खेल मैदानमा खेल्नेक्रममा सो वस्तु भेटेर खाएलगत्तै वान्ता गरेका थिए । उनीहरुलाई आफन्तले उपचारका लागि स्थानीय मेडिकल लगेका थिए ।
विरामी परेका बाँकी तीन जनाको भने उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा दुईको मृत्यु, ४ जना घाईते

पाल्पा, २५ मंसिर । पाल्पा जिल्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ यात्रु घाईते भएका छन् ।
कंचल–९, झिंगामारामा लु.१ ज २२४७ नम्बरको जीप आज विहान दुर्घटना हुँदा रुपन्देही जिल्ला भैरहवा–४ बस्ने ३५ वर्षीय गंगा बगाले र पाल्पा जिल्ला कंचल–९ बस्ने ३७ वर्षीया मीना खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते चार जनाको मृत्यु लुम्विनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

जाडोका कारण मृत्यु


सप्तरी, २५ मंसिर । केही दिनयता बढेको चिसोले कठ्याङग्रिएर सप्तरीको मधुपट्टी गाविसमा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको दौलतपुर गाविस–३ निवासी ७५ वर्षीय सुख राम रहेको प्रहरीले जनाएको छ ।
मागेर जीविका चलाउँदै आएका वृद्ध रामको शव मधुपट्टी गाविस–७ स्थित कनकपुर प्रतिक्षालयमा फेला परेको जनाइएको छ ।
उनको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको छ

‘निर्वाचनका नाममा सत्ता लम्बाउने षड्यन्त्र’


भक्तपुर, २५ मंसिर । नेकपा–माओवादीका सचिव देव गुरुङ्गले सरकार टिकाईराख्न निर्वाचनलाई बाहना बनाएर प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादीले षड्यन्त्र गरिरहेको बताएका छन् ।
भक्तपुरमा आज रफत सञ्चार क्लवले आयोजना गरेको कार्यक्रममा उनले एमाओवादी निर्वाचनमा जान डराएको बताए । उनले भने, ‘बाबुराम भट्टराई र एमाओवादी निर्वाचनको बाहनामा सत्ता लम्ब्याउन चाहेका छन् ।’
उनले कांग्रेस र एमाले सत्ताका लागि एमाओवादीको पछि लागेको भन्दै सरकारलाई सडक आन्दोलन हटाउनु पर्ने बताए । उनले एमाओवादीलाई धेरै महत्व नदिन कांग्रेस र एमालेलाई सुझाव दिए ।

सरकारको अन्त्य सुनिश्चितः अध्यक्ष थापा


नखबर,

काठमाडौं, २५ मंसिर । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले बर्तमान सरकारको अन्त्य निश्चित भएको दाबी गरेका छन् ।
काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले परिस्थितिले बर्तमान सरकारको बर्हिगमन गराउने बताए । ‘खोला थुनेर धेरै दिन राख्न सकिन्न,’ उनले भने, ‘खोला थुन्न खोजे ठूलो क्षती हुने निश्चित छ ।’
‘गतिशील राजनीतिलाई बाबुराम र प्रचण्डले थुनेर राखेका छन,’ उनले भने, ‘यसको परिणाम पनि खोला थुनेर राख्नु जस्तै हुन्छ ।’
उनले दलहरुवीच भएको सहमति अनुसार कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वम सहमतिको सरकार बनाएर अघि बढ्नु पर्ने सुझाव दिए ।

दूतावास बेच्न बाबुरामको चलखेल



  1. नखबर


Baburam-Bhattarai1

 काठमाडौ, मंसिर २५।बाबुराम भट्टराई सरकारले विदेशमा रहेका नेपाली दूतावासका सम्पत्ति बेच्ने योजना बनाएको छ। कमिशनको चक्करमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको डिजाईनअनुसार बेलायत  र जर्मनीस्थित नेपाली दूतावासको भवनसहितका सम्पत्ति बिक्री गर्न लागिएको स्रोतको भनाइ छ।
सरकारले दूतावासका भवन र सम्पतीको मूल्याङकनका लागि हालै एक समिति गठन गरेको छ। हालैको मन्त्रीपरिषद्को बैठकले बेलायतका लागि नेपाली राजदूत सुरेश चालिसेको संयोजतकत्वमा जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधान तथा बल्जियमका राजदूत राममणि पोखरेल समेतलाई राखेर एक समिति गठन गरेको हो। दूतावास रहेका भवन मर्मत वा बिक्रीका लागि सुझाव दिन समिति गठन गरिएको बताएपछि बिक्रीका लागि सो समिति गठन गरिएको बुझिएको छ। समितिमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव समेत रहने बताइएको छ।
दुवै देशमा रहेको दूतावासका भवन अहिले मर्मत सम्भारको अभावमा राम्रो अवस्थामा छैनन्। मर्मत गर्न ठूलो रकम लाग्नै भएकाले धेरै पहिलेदेखी भवन नै बिक्री गर्नका लागि पटक–पटक प्रयास भएको छ।   लन्डनमा रहेको नेपाली दूतावास ‘भिआईपी’ क्षेत्रमा पर्छ। त्यसकारण बिक्री गर्दा अर्बौ आउने भएकाले बिक्रीका लागि चलखेल गरिएको परराष्ट्रका एक अधिकारीले बताए।
जर्मनीमा त  अहिले नेपाल सरकारले किनेको जग्गा र भवन बेबोरिसे अवस्थामा छ। जर्मनी एकीकरण हुनुअघि बोन भन्ने ठाउँमा नेपाली दूतावास थियो। तर, एकीकरणपछि बर्लिनमा दूतावास सरेको थियो। त्यसयता बोनमा रहेको नेपाली सम्पत्ति बेबोरिसे रहँदै आएको छ। पटक पटक बिक्रीका लागि पहल भएपछि कमिशनको चक्करमा विवाद हुँदा बोनस्थित नेपाली सम्पत्ति पनि बिक्री हुनसकेको छैन।

बुवाले आफ्नो छोरीलाई रक्सी खुवाएर ६ महिनासम्म सामुहिक बलात्कार

नखबर,

girl-abuse_2402674b भारतको एक राज्य केरलको एर्नाकुलम जिल्लामा एक बुवाले आफ्नो छोरीलाई रक्सी खुवाएर ६ महिनासम्म बलात्कार गरेको आरोप लागेको छ । ४० वर्ष यो व्यक्ति विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । आफ्नो ६ वर्षको छोरीमाथि बलात्कारको आरोप लागेको व्यक्ति अहिले भागेको छ । जिल्ला अस्पातलमा छोरीको जाँच गरीरहेको मनोचिकित्सक अजीश रामचंद्रनको अनुसार बलकृत बालिका बुवाले सधै उसलाई रक्सी खुवाउने र त्यसपछि छोरीसंग बलात्कार गर्ने गर्दथ्यो । पिडीत बालिकाले बलात्कारमा बुवाकोे चार पाचजना साथीहरुको नाम पनि भनेकी छिन् । छोरीको बुवा आमासंग अलग्गि सकेको छ । छोरीको आमा आर्थिक रुपमा कमजोर र आश्रममा बस्नेका कारण उसले अलग्गिए पछि आफ्नो छोरी श्रीमानसंग नै राख्न आग्रह गरेकी थिइन् ।

ए डिभिजन लिगमा मनाङद्धारा एनआरटी पराजित

२५ मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधिको दावेदार मानिएको मनाङ मस्र्याङ्दीले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा मनाङले बलियो प्रतिद्वन्द्वी एनआरटीलाई १-० ले पराजित गरेको हो । जितसँगै ५ खेलबाट ११ अंक जोडेको मनाङ दोस्रो स्थानमा उक्लिएको छ भने एनआरटी ७ अंकका साथ सातौं स्थानमा छ । लिग लिडर मच्छिन्द्रको ५ खेलबाट १३ अंक छ ।
त्रिपुरेश्वस्थित दरशथ रंगशालमा भएको खेलको पहिलो हापमा एनआरटीले मनाङलाई गोल गर्न दिएन । एक पछि अर्को गर्दै एनआरटीको पोष्टमा आक्रमण गरेको मनाङ ६५ औं स्थानमा गोल गर्न सफल भयो । मनाङका लागि कप्तान अनिल गुरुङले गोल गरे । त्यसपछि पनि मनाङले केही राम्रो मौका पाएपनि गोल गर्न सकेन भने एनआरटीले पनि खेलमा र्फकने राम्रो मौका गुमाएको थियो ।
सोमबार नै भएको अर्को खेलमा आर्मी र मध्यपुर युथ एसोसियशनले गोरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि आर्मी ५ खेलबाट ८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ६ अंक जोडेको मध्यपुर नवौं औं स्थानमा छ ।

दलहरुले एक सातामै सहमति निकाल्नुपर्छ : प्रधानमन्त्री

नखबर, २५ मंसिर, काभ्रे

। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अव चाँडै नै राजनीतिक निकास निकाल्ने गरी दलहरु जुट्नुपर्ने बताउनुभएको छ । दलहरुबीच सहमति नभए १२ बुँदे सहमितदेखि अहिलेसम्म भएका उपलब्धि गुम्ने भन्दै उहाँले सचेतना अपनाउन दलहरुलाई सुझाव दिनुभएको छ ।
काठमाण्डौं विश्व विद्यालयको १८ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै भट्टराई दलहरुले प्याकेजमै सहमति गरे सम्पूर्ण गतिरोध अन्त्यहुने दाबी गर्नुभयो ।
दिक्षान्त समारोहमा एमवीवीएस र विएसी नर्सिङ बाहेकका मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान, इजिनियरिङ, मेडिकल साइन्सका एकहजार एकसय ३५ जना विद्यार्थी दिक्षित हुने केयुका सञ्चार विभाग प्रमुख हरि मञ्जु श्रीले जानकारी दिनुभयो ।

माहुरी आतंकले स्कुल बन्द

नखबर,
बुटवल, मंसिर २५ - रुपन्देहीको पश्चिम अमुवास्थित जनता माविमा माहुरी आतंकले सोमवार। पठन पाठन बन्द गरिएको छ ।
विद्यालय प्राङ्गगण भित्र बरको रुखमा रहेको माहुरीको घारमा विहान चिलले माहुरीको बच्चालाई ठुगी खान खोज्दा माहुरीहरु अनियन्त्रित भई विद्यार्थीहरुलाई आक्रमण गर्न थालेपछि पठनपाठन बन्द गर्नुपरेको विद्यालयले जनाएको छ ।
विद्यालय प्राङ्गणभित्र माहुरीका ७ वटा घार रहेका छन् । माहुरीलाई अन्यत्र सार्न प्रयास भइरहेको विद्यालयका शिक्षक हरिद्वार गुप्ताले बताउनुभयो ।

धरौटी तिर्न नसकेपछि प्रचण्डलाई थप्पड हान्ने कुँवर जेल चलान

नखबर,

काठमाडौं, मंसिर २५ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवर २८ हजार रुपैयाँ धरौटी तिर्न नसकेर जेल चलान भएका छन् । सार्वजनिक अपराध मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले २८ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिएपनि कुँवरले धरौटी तिर्न सकेनन् ।

Sunday, December 9, 2012

ए डिभिजन लिग : आर्मी र मध्यपुर, मनाङ र एनआरटी भि


सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार नेपाल आर्मी र मध्यपुर युथ एशोसिएशन तथा मनाङ मर्स्याङ्दी र एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा अंक तालिकाको छैठौ स्थानमा रहेको नेपाल आर्मीले ११ औ स्थानमा रहेको मध्यपुर युथ एशोसिएशनको सामना गर्दैछ ।आर्मीले यसअघि खेलेका ४ खेलमध्ये २ वटामा जित, एकमा हार र एकमा बराबरीको नतिजा सहित  ७ अंक जोडेको छ भने मध्यपुरले एकमा जित, दुई वटामा बराबरी र एकमा हारको नतिजा निकालेर ५ अंक जोडेको छ ।

त्यस्तै दिउँसो साढे २ बजे हुने चौथो स्थानमा रहेको मनाङ मर्स्याङ्दी र सातौ स्थानमा रहेको एनआरटी आमने सामने हुँदैछन् । मनाङ मर्स्याङ्दी २ खेलमा जित र दुई वटामा बराबरी खेलेर ८ अंक जोडेको छ भने न्युरोड टिमले दुई खेलमा जित, एउटामा बराबरी र एउटामा हारको नजिता निकालेर ७ अंक जोडेको छ ।मछिन्द्र क्लबले खेलेका ५ खेलमध्ये ४ मा जित र एकमा बराबरी सहित १३ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा छ । तालिकाको पुछारमा रहेको बौद्धले अंक जोड्न सकेको छैन ।

चीनमा औद्योगिक ब्यापार १० प्रतिशत वृद्धि


जनखवर,मंसिर२५/ पछिल्लो समयमा चीनको अर्थब्यवस्थामा प्रगति भएको छ । चीन सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा औद्योगिक व्यापार र खुद्रा व्यापार दुवै बृद्धि भएको उल्लेख गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।तथ्याङ्कमा गएको नोभेम्बरमा चीनको औद्योगिक व्यापारमा १० दशमलब एक प्रतिशत बढेको देखाइएको छ ।
यो दर गएको मार्च महिना यताकै सबैभन्दा बढी र अपेक्षा भन्दा पनि बढी भएको अधिकारीहरुले बताएका छन् । खुद्रा व्यापार पनि झण्डै १५ प्रतिशतले बढेको छ । चीनमा खुद्रा व्यापार आठ महिना यताकै सबैभन्दा राम्रो भएको पाइएको छ ।१४ दशमलब ९ प्रतिशतले खुद्रा व्यापार बढेको तथ्याङ्कले देखाएको छ । कारोबार बढेसँगै चीनमा उत्पादित सामानको विश्व बजारमा माग बढेको अधिकारीको भनाई छ । चीनमा सत्ता परिर्वतन पछि अर्थब्यवस्थमा सुधार आएको विश्लेषण गरिएको छ ।

रङ्गशालामा हिंसा भड्किँदा ४० जना घाइते


भारतको कोलकतामा फुटबल खेल भइरहेका बेला हिंसा भड्किँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये २० जना प्रहरी छन् ।
आइतबार मोहन बगान र इष्ट बंगालबीच खेल भइरहेका बेला दर्शक उग्र भएपछि खेल समेत स्थगित गर्नुपरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रेफ्रीले मोहन बगानका फुटबलरलाई मैदान छोड्न भनेपछि उसका समर्थक आक्रोशित हुँदै होहल्ला गर्न थालेपछि हिंसा भड्किएको थियो । स्थितिलाई बेलैमा नियन्त्रणमा लिएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
सम्भावित घटनालाई मध्यनजर गर्दै त्यहाँ अहिले प्रहरी परिचालन गरिएको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

फेसबुक र टि्वटर चलाउनु यौनक्रीडा गर्नुभन्दा पनि बढी आनन्ददायक

फेसबुक र टि्वटर चलाउनु यौनक्रीडा गर्नुभन्दा पनि बढी आकर्षक तथा आनन्ददायक भएको एक अमेरिकी अनुसन्धान-प्रतिवेदनमा उल्लेख  गरिएको छ।
सिकागो विश्वविद्यालय, बुथ स्कुल अफ बिजिनेसले जर्मनीमा गरेको सर्वेक्षणमा फेसबुक तथा टि्वटरजस्ता सामाजिक सञ्जाल  हेर्नु, त्यसमा तस्बिर राख्नु एवं अरूले राखेका कुरामा टिप्पणी गर्नु यौनक्रीडा गर्नु वा चुरोट पिउनुभन्दा पनि आकर्षक भएको देखिएको हो।  
यस्ता सामाजिक सञ्जाल सजिलै उपलब्ध भएको, त्यसमा संलग्न हुन धेरै लागत पनि नलाग्ने भएकाले यसलाई पन्छाउन निकै कठिन भएको  सर्वेक्षणबाट देखिएको यसका प्रमुख अनुसन्धानकर्ता विलहेल्म होफम्यानले बताएका छन्। यस्ता सामाजिक सञ्जालमा १८ देखि ८५ वर्ष सम्मका व्यक्ति सहभागी हुने गरेका छन्।


फिलिपिन्समा आएको बोफा समुद्रि आँधीका कारण मृत्यु हुनेको संख्या ५४०,अन्य ८२७ जना बेपत्ता


जनखबर
फिलिपिन्समा हालै आएको बोफा समुद्रि आँधीका कारण मृत्यु हुनेको संख्या ५४० पुगेको छ ।  आँधीबाट अन्य ८२७ जना बेपत्ता रहेको आइतबार प्रकाशित सरकारी तथ्याङ्कमा जनाइएको छ ।
हराइरहेका मध्ये थप शव प्राप्त भएपछि मृत्यु हुनेको सङ्ख्या ५४० पुगेको सञ्चारमाध्यमहरूले जनाएका हुन्  ।
समुद आँधीका कारण अझै सयौं व्यक्ति हराइरहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी नागरिक प्रतिरक्षा प्रमुख बेनिटो रामोसले दिए । सो आँधीबाट एक हजार ८८ जना घाइते भएको पनि रामोसले बताए ।
यस प्रकोपबाट करिब ५४ लाख व्यक्ति प्रभावित भएको  समाचारमा जनाइएको छ । गत मङ्गलबार बिहानैबाट सुरु भएको यस बोफाको कारण लाखौं व्यक्तिलाई सरकारी शरणार्थीस्थलमा सारिएको नागरिक प्रतिरक्षा मन्त्रालयले  जनाएको छ ।

पूर्व अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला बिरामी



जनखबर
पूर्व अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला बिरामी परेका छन् । दक्षिण अफ्रिकाका अधिकारीहरुले पूर्वराष्ट्रपति मण्डेला बिरामी भएपछि अस्पतलमा भर्ना गरिएको जानकारी गराएका छन् । रंगभेद बिरुद्धको लडाईमा करिब २८ बर्ष लामो जेल जिवन बिताएका पूर्वराष्ट्रपति मण्डेला शान्तिका लागि नोवेल पुरस्कार बिजेता हुन् । दक्षिण अफ्रिकाका पहिलो काला राष्ट्रपतिको रुपमा सन् १९९४ देखि ९९ सम्म पद सम्हालेका मण्डेलाले सन् १९९३ मा नोवेल पुरस्कार प्राप्त गरेका थिए । सन् २००४ देखि सार्वजनिक जिवनबाट सन्यास लिएका मण्डेला पछिल्लो समय घरमै आराम गरिरहेका छन् । त्यहाँका राष्ट्रपति जैकब जुमाले भने ९४ बर्षिय पूर्व राष्ट्रपति मण्डेलाको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् ।

ज्यान मारेको अभियोगमा२० बर्ष कैद सुनाएको व्यक्ति नेपाली सेनामा कार्यरत


*
जनखबर
अदालत
 ले ज्यान मारेको अभियोगमा २० बर्ष कैद सुनाएको व्यक्ति अदालत को सूचिमा फरार रहे पनि नेपाली सेनामा कार्यरत रहेको रहस्य खुलेको छ ।  तत्कालिन अवस्थामा रामेछापमा रहेको नारायण दल गणबाट सेवा थालेका बिजुलीकोट ७ स्थायी घर भएका तिलक भनिने मिलन लामालाई अदालत ले ज्यान मारेको अभियोगमा २०५९ मा २० वर्ष कैदको फैसला सुनाएको थियो । उनी २०६१ सालमा अर्को नाममा नागरिकता बनाएर सेनामा पसेको खुलासा भएको हो । सेनाको नारायण दल गण सिंहदरबारमा कार्यरत लामालाई प्रहरीले ब्यारेकबाट निस्केको अवस्थामा शुक्रबार काठमाडौंको रत्नपार्क नजिकैबाट नियन्त्रणमा लिई शनिबार रामेछाप ल्याएको छ । प्रहरीले आइतबार लामालाई जिल्ला अदालत मा पेश गरी कारागार चलान गरेको छ ।अदालत बाट दोषी ठहर भएका मध्ये ठूलो  संख्यामा दोषीहरु फरारको सूचीमा रहेको समाचार सार्वजनिक भएपछि फरार अपराधिको खोजीमा प्रहरीले तीन महिनादेखि सक्रियता देखाएकोले यो उपलव्धी हासिल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताए ।
*
*

राज्य र राजनीतिक दलका उच्च तहका व्यत्तिकै संलग्नतामा भ्रष्टाचार बढ्यो ःप्रधानमन्त्री


जनखबर
प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारीले आफूलाई सिध्याउने चिन्ता लागेको बताएका छन् । उनले उच्चतहबाटै भ्रष्टाचारीको संरक्षण भएको उल्लेख गरे ।ुमेरो एक वर्षको अनुभव के छ भने हामीले भ्रष्टाचारलाई अन्त्य गर्न सक्नुपर्नेमा कतै भ्रष्टाचार र भ्रष्टाचारीले नै हामीलाई अन्त्य गर्ने होइनन् कि भन्ने डर लागेको छ,ु उनले भने । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस(२०१२ का अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिक तथा प्रशासनिक उच्च तहमा सानोतिनो भ्रष्टाचारमा नमुछिएको पाउन गाह्रो रहेको बताए ।प्रधानमन्त्रीले विकास अड्डाहरुमा बढी भ्रष्टाचार हुने गरेको बताए । उनले नामै उल्लेख गरे स्थानीय विकास, शिक्षा, स्वास्थ्य र भूमिसुधारमा बढी भ्रष्टाचार रहेको दाबी गरे ।यसैबीच राससका अनुसार प्रधानमन्त्रीले देशको राजनीतिक र प्रशासनिक उच्च नेतृत्व तहबाट प्रश्रय पाएकै कारण भ्रष्टाचार बढेको भन्न हिच्किचाउन नहुने बताए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्णता दिई भ्रष्टाचार नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन सरकार लागेको भन्दै देशमा विद्यमान राजनीतिक सङ्क्रमण र अस्वस्थ राजनीतिक वातावरणले महत्वपूर्ण संवैधानिक निकायमा नेतृत्वदायी पदाधिकारीको नियुक्ति हुन नसक्नु लज्जाको विषय भएको उनले बताए।

शान्ति मन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ



पाल्पा, मंसिर २४ - शान्ति तथा पुर्ननिर्माण मन्त्री टोपबहादुर रायमाझीलाई कालो झण्डा देखाउने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको सोमादीमा आयोजित बिकास मेलाको समापन गर्न जाने क्रममा आइतवार दिउसो तानसेनको बतासे डाडामा विद्यार्थीहरुले मन्त्री रायमाझीलाई कालो झण्डा देखाएका थिए ।