Monday, December 10, 2012


ए डिभिजन लिगमा मनाङद्धारा एनआरटी पराजित

२५ मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधिको दावेदार मानिएको मनाङ मस्र्याङ्दीले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा मनाङले बलियो प्रतिद्वन्द्वी एनआरटीलाई १-० ले पराजित गरेको हो । जितसँगै ५ खेलबाट ११ अंक जोडेको मनाङ दोस्रो स्थानमा उक्लिएको छ भने एनआरटी ७ अंकका साथ सातौं स्थानमा छ । लिग लिडर मच्छिन्द्रको ५ खेलबाट १३ अंक छ ।
त्रिपुरेश्वस्थित दरशथ रंगशालमा भएको खेलको पहिलो हापमा एनआरटीले मनाङलाई गोल गर्न दिएन । एक पछि अर्को गर्दै एनआरटीको पोष्टमा आक्रमण गरेको मनाङ ६५ औं स्थानमा गोल गर्न सफल भयो । मनाङका लागि कप्तान अनिल गुरुङले गोल गरे । त्यसपछि पनि मनाङले केही राम्रो मौका पाएपनि गोल गर्न सकेन भने एनआरटीले पनि खेलमा र्फकने राम्रो मौका गुमाएको थियो ।
सोमबार नै भएको अर्को खेलमा आर्मी र मध्यपुर युथ एसोसियशनले गोरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि आर्मी ५ खेलबाट ८ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ६ अंक जोडेको मध्यपुर नवौं औं स्थानमा छ ।

No comments:

Post a Comment