Monday, December 10, 2012

घरजग्गा व्यवसाय २० प्रतिशतले बढ्यो


२६ मंसिर, काठमाण्डौं । चालु आर्थिक बर्षमा घरजग्गा व्यवसायमा उत्साहजनक वृद्धि भएको छ । चालु आवको ५ महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा घरजग्गा व्यवसाय २० प्रतिशतले बढेको अनुमान गरिएको नेपाल ल्याण्ड एण्ड हाउजिङ डेभलपर्स एशोसिएशनका अध्यक्ष इच्छाराम तामाले जानकारी दिएको खबर अभियान दैनिकले छापेको छ ।
उनले भने ‘सरकारले एक करोड रुपैयाँसम्मको घरजग्गा खरीदमा आयस्रोत खुलाउनु नपर्ने व्यवस्था गरेकाले पनि व्यवासयमा उत्साहजनक बृद्धि भएको हो ।’ उनका अनुसार बैंकहरुले घरजग्गामा प्रवाह गरेको एक करोड रुपैयाँसम्मको कर्जालाई रियल इस्टेटमा गणना गर्नु नपर्ने राष्ट्र बैंकले गरेको व्यवस्था पनि व्यवसाय बढ्नुको अर्को मुख्य कारण हो ।
बैंकहरुले प्रदान गर्दै आएको घरजग्गा कर्जामा व्याजदर घटाएकाले पनि यसमा सुधार आएको व्यवसायीहरु बताउँछन् ।

No comments:

Post a Comment