Friday, December 7, 2012

ए डिभिजन लिग फुटबलमा मनाङ र फ्रेण्ड्स भिड्ने


२१ मंसिर, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स क्लब भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह साढे १२ बजे हुने खेलमा मनाङ तुलनात्मक रुपमा कमजोर मानिएको फ्रेण्ड्समाथि हाबी हुने अनुमान गरिएको छ । राष्ट्रिय टोलीका कप्तान सागर थापाको नेतृत्वमा रहेको फ्रेण्ड्सलाई भने रेलिगेसनबाट बच्न पहिलो जितको खोजीमा हुनेछ ।
३खेलबाट ७ अंक बटुलेको मनाङ अंकतालिकामा तेस्रो स्थानमा छ भने समान खेलबाट १ अंक मात्र रहेको फ्रेण्ड्स भने पुछारबाट दोस्रोमा छ ।
यस्तै आजै हुने अर्को खेलमा नेपाल आर्मी र जावलाखेल आमने सामने हुनेछन् । अंक तालिकाको सातौं स्थानमा रहेको जावलाखेलको ६ अंक छ भने १० औं स्थानमा रहेको आर्मीको ४ अंक छ ।

No comments:

Post a Comment