Friday, December 7, 2012

ट्रक पल्टिएपछि नागढुंगामा एकतर्फी यातायात सन्चालन


जनखबर, मंसिर23
 मालबाहक ट्रक पल्टिएपछि काठमाडौं भित्रने मुख्य नाका नागढुंगामा एकतर्फी यातायात सन्चालन गरिएको छ । काठमाडौंबाट धनगढीका लागि छुटेको मालबाहक ट्रक राती १० बजेतिर सडकमै पल्टिएपछि गाडीको आवतजावत एकतर्फी मात्रै गराईएको छ ।
आवतजावत एकतर्फी हुँदा त्यस क्षेत्रमा गाडीको चाप रहेको ट्राफिक प्रहरीले जनाएको छ । पल्टिएको ट्रक हटाउने प्रयास भईरहेको छ । यस्तै गैरीधाराबाट खुर्सानीटार हुँदै बालुवाटार निस्कने सडकमा टुकुचा खोलाको पूल निर्माण भएकाले त्यस क्षेत्रमा पनि गाडी चलेका छैनन् ।
उपत्यकाका अरु ठाउँमा भने गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment