Sunday, December 9, 2012

कोरिया जान भाषा परीक्षा पास गरेका महिला आन्दोलनमा

जनखबर
काठमाडौं, मंसिर २४ - सन् २०१० मा इपिएस कोटामा भाषा परिक्षा दिएर पास भएका ५० जना महिलाले आन्दोलन शुरु गरेका छन् ।
रोजगार अनुमति प्रणाली इपिएसको कार्यालय ग्वार्कोमा महिलाले धर्ना शुरु गरेका हुन् ।
दुई महिनाभित्र कोरियाबाट भिसा नआए आफूहरु जान नपाउने भन्दै दवाव दिन धर्ना शुरु गरेको पीडित धर्नामा बसेकी तोया गिरीले बताउनुभयो ।
भिसा आउने प्रतिवद्धता नभएसम्म धर्ना जारी राख्ने गिरीले बताउनुभयो

No comments:

Post a Comment