Saturday, December 8, 2012

कुटनितीक भेटवार्ता प्रति आचारसहिता जारी गर्ने परराष्ट्र मन्त्रालयको तयारी

*

नखबर, मंसिर २४,

 कुटनीतिक मर्यादा विपरित विभिन्न देशका राजदूत तथा नेताहरुले मनलाग्दी भेटवार्ता गर्न थालेपछि परराष्ट्रमन्त्रालयले तत्कालै आचार संहिता जारी गर्ने तयारी गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको निर्देशनमा कुटनीतिक भेटवार्तालाई व्यवस्थित गर्नका लागि आचार संहिता बनाउने काम अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केहीदिन भित्रै आचार संहितालाई मन्त्रीपरिषदमा लैजाने तयारी परराष्ट्रले गरेको छ । पछिल्लो पटक भारतीय काँग्रेस आईका नेता करण सिंहले राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शिर्ष नेतालाई भेटवार्ता गरेपछि परराष्ट्रमन्त्री श्रेष्ठले सार्वजनिक रुपमै असन्तुष्टि जनाउनु भएको थियो ।कुनैपनि कुटनीतिज्ञ तथा विदेशी नेताले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटवार्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा भने अधिकाँस भेटवार्ता गोप्य हुन थालेपछि परराष्ट्रले त्यसलाई व्यवस्थित गर्न खोजेको छ ।
*
 

No comments:

Post a Comment