Friday, December 14, 2012

स्कूले बिद्यार्थीको अपहरण गरी हत्या गर्नेलाइ सर्वस्वसहित ७८ बर्ष कैदको फैसला


काठमाडौँ, मंसिर २८/ दुई स्कूले बिद्यार्थीको अपहरण गरी हत्या गरेका मेराज अहमद साईलाई बाँके जिल्ला अदालतले सर्वस्वसहित ७८ बर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायधीश शेखरप्रसाद पौड्यालको इजालासले अपहरणमा संलग्न अन्य आठ अभियुक्तलाई पनि ७८–७८ बर्ष कैद तोक्नुका साथै पीडित परिवारलाई १ लाख क्षतिपूर्ति र १० लाख फिरौती भराउने फैसला गरेको छ ।  

दुई बर्षअघि बिद्यार्थीद्वय कपिल द्ववेदी र लिलाधर भट्टको अपहरण गरी १० लाख फिरौती लिई हत्या गरिएको थियो । मेराजलाई दुई बालकको अपहरण र हत्यामा संलग्नत भएको ठहर गर्दै अदालते ३९(३९ बर्ष कैद तोकेको हो । फिरौती दिन मध्यस्थता गरेको अभियोग लागेका चन्द्रेश्वरप्रसाद सिंहलाई अदालतले सफाई दिएको छ ।
सहयोगीहरु इब्राईम मनियार, रज्जाब अलि शेख, नाजिर खाँ, राजितराम बर्मा, रामशोभित बर्मा, कैलाश गडरियालाई ७८ बर्ष कैद तोकिएको हो । त्यस्तै, अपहरण र हत्याका सहयोगी प्रहरी हवल्दार साकिर अलि बेहनालाई २२ बर्ष कैद सजाय तोकिएको छ ।

No comments:

Post a Comment