Friday, December 14, 2012

बिषेश समितीद्धारा उपरथिको नेतृत्बमा महानिर्देशनालय बनाउने निर्णय ।

काठमाडौँ, मंसिर २८/  सेना समायोजन विशेष समितिको बैठकले लडाकु समायोजनका लागि उपरथीको नेतृत्वमा राष्ट्रिय वन तथा विपद् व्यवस्थापन महानिर्देशनालय गठन गर्ने निर्णय गरेको छ । आज बिहान समितिको कार्यलय नयाँ बानेश्वरमा बसेको बैठकले लडाकुका १ हजार चार सय ६० र अन्य सुरक्षा निकायका गरी ४ हजार १ सय ७१ जना रहने महानिर्देशनालय गठन गर्ने निर्णय गरेको हो ।  लडाकुलाई अनमिनको प्रमाणिकरणको आधारमा नेपाली सेनाको अधिकृतस्तर र जवानस्तरको सुविधा दिने निर्णय पनि गरिएको नेताहरुले बताए । त्यसैगरी अहिलेसम्म स्वेच्छिक अबकाशको रकम बुझ्न नआउनेहरुका लागि ७० दिने र ३५ दिने सूचना जारी गर्ने निर्णय भएको छ । समितिले सेनामा समायोजनका लागि तालिममा छनौट भए पनि स्वेच्छिक अबकाशमा जान चाहनेहरुका लागि फेरि एक एकपटक मौका दिने भएको छ । समितिले विशेष समिति अन्तर्गतको सचिवालय विघटन गरी बालानन्द शर्माको नेतृत्वमा तीन सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । शनिबारबाट विशेष समितिको म्याद सकिने भए पनि अर्को बैठकले समितिको म्याद भने केही समय थप गर्ने मुख्य सचिव लिलामणी पौडेलले जानकारी दिए । 

No comments:

Post a Comment