Tuesday, December 11, 2012

'हु विल बि अ गोर्खा' सर्वोत्कृष्ट डकुमेण्ट्री


जनखबर,काठमाडौं, मंसिर २६ / केसान छेतेङ्गले बनाएको डकुमेण्ट्री ुहु विल बि अ गोर्खाु ले अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव किम्फमा सर्वोत्कृष्ट डकुमेण्ट्रीको उपाधि जितेको छ ।काठमाडौमा मंगलवार सकिएको महोत्सवको अन्तिम दिन हु विल वि अ गोर्खा ले १५ सय डलरको पुरस्कार पाएको हो ।यो डकुमेण्ट्रीले दर्शकहरुको मतका आधारमा लोकपृय डकुमेण्ट्रिको उपाधि पनि जित्यो । प्रतियोगितामा पोल्याण्डको आर्ट अफ फ्रिडमले दोश्रो हुदै १ हजार डलर तथा उत्तरी भारतको कथामा बनेको नोम्याडिक नाइट्सले तेश्रो हुँदै ५ सय डलर पुरस्कार जिते ।नेपाल पानरोमा विधा अन्तर्गतको डकुमेण्ट्री विधामा काडामाण्डू पहिलो भयो । रमेश खड्काले बनाएको काडामाण्डूले ५० हजार रुपैयाको पुरस्कार पायो भने ओस्कार कलेजका असिम चित्रकारले बनाएको  हरिले २५ हजार रुपैयाको पुरस्कार जित्यो ।किम्फको अन्तिम दिन सोमवार एरिक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस, सुर्वण थापाको सुनगाभा लगायत डकुमेण्ट्रि देखाइएको थियो । गएको २२ गतेदेखि सुरु भएको महोत्सवमा २८ देशका ६२ वटा छोटा फिल्म, डकुमेन्ट्री, फिक्सन, एनिमेसन समावेश थिए । पछिल्लो समय डकुमेन्ट्रीप्रति दर्शकको रुची बढ्दै गएको निर्माताहरुको भनाई छ ।

No comments:

Post a Comment