Tuesday, December 11, 2012

मालीका प्रधानमन्त्री चेइक मोडिबो डियराद्धारा पदबाट राजीनामा


जनखबर, मंसिर २६/ अफ्रिकी मुलुक मालीका प्रधानमन्त्री चेइक मोडिबो डियराले राजीनामा दिनु भएको छ । हिजो राजधानी बमाकोस्थित आफ्नै घरमा सेनाले नियन्त्रणमा लिएपछि उहाँले आज राजीनामा दिनु भएको हो । फ्रान्स जाने तयारी गरिरहेका बेला सेनाले उहाँलाई नियन्त्रणमा लिएको हो । गत मार्च महिनामा भएको सैन्य कु पछि अप्रिलमा प्रधानमन्त्री डियराको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

पछिल्लो केही साता यता सेना र प्रधानमन्त्रीबीच सरकारको कामकारवाहीका विषयमा मतभेद रहदै आएको थियो । सेनाले हिजो प्रधानमन्त्री डियरालाई नियन्त्रणमा लिनका लागि उहाँ बसेको घरको ढोका फोडेको श्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सेनाले भने मुलुकलाई जटिल अवस्थामा राखेर प्रधानमन्त्रीले कुनै कारण नखुलाई मुलुक छाड्न लागेकाले पक्राउ गरिएको बताएको छ ।

No comments:

Post a Comment