Sunday, December 9, 2012

राज्य र राजनीतिक दलका उच्च तहका व्यत्तिकै संलग्नतामा भ्रष्टाचार बढ्यो ःप्रधानमन्त्री


जनखबर
प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारीले आफूलाई सिध्याउने चिन्ता लागेको बताएका छन् । उनले उच्चतहबाटै भ्रष्टाचारीको संरक्षण भएको उल्लेख गरे ।ुमेरो एक वर्षको अनुभव के छ भने हामीले भ्रष्टाचारलाई अन्त्य गर्न सक्नुपर्नेमा कतै भ्रष्टाचार र भ्रष्टाचारीले नै हामीलाई अन्त्य गर्ने होइनन् कि भन्ने डर लागेको छ,ु उनले भने । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस(२०१२ का अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राजनीतिक तथा प्रशासनिक उच्च तहमा सानोतिनो भ्रष्टाचारमा नमुछिएको पाउन गाह्रो रहेको बताए ।प्रधानमन्त्रीले विकास अड्डाहरुमा बढी भ्रष्टाचार हुने गरेको बताए । उनले नामै उल्लेख गरे स्थानीय विकास, शिक्षा, स्वास्थ्य र भूमिसुधारमा बढी भ्रष्टाचार रहेको दाबी गरे ।यसैबीच राससका अनुसार प्रधानमन्त्रीले देशको राजनीतिक र प्रशासनिक उच्च नेतृत्व तहबाट प्रश्रय पाएकै कारण भ्रष्टाचार बढेको भन्न हिच्किचाउन नहुने बताए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्णता दिई भ्रष्टाचार नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन सरकार लागेको भन्दै देशमा विद्यमान राजनीतिक सङ्क्रमण र अस्वस्थ राजनीतिक वातावरणले महत्वपूर्ण संवैधानिक निकायमा नेतृत्वदायी पदाधिकारीको नियुक्ति हुन नसक्नु लज्जाको विषय भएको उनले बताए।

No comments:

Post a Comment