Sunday, December 9, 2012

ज्यान मारेको अभियोगमा२० बर्ष कैद सुनाएको व्यक्ति नेपाली सेनामा कार्यरत


*
जनखबर
अदालत
 ले ज्यान मारेको अभियोगमा २० बर्ष कैद सुनाएको व्यक्ति अदालत को सूचिमा फरार रहे पनि नेपाली सेनामा कार्यरत रहेको रहस्य खुलेको छ ।  तत्कालिन अवस्थामा रामेछापमा रहेको नारायण दल गणबाट सेवा थालेका बिजुलीकोट ७ स्थायी घर भएका तिलक भनिने मिलन लामालाई अदालत ले ज्यान मारेको अभियोगमा २०५९ मा २० वर्ष कैदको फैसला सुनाएको थियो । उनी २०६१ सालमा अर्को नाममा नागरिकता बनाएर सेनामा पसेको खुलासा भएको हो । सेनाको नारायण दल गण सिंहदरबारमा कार्यरत लामालाई प्रहरीले ब्यारेकबाट निस्केको अवस्थामा शुक्रबार काठमाडौंको रत्नपार्क नजिकैबाट नियन्त्रणमा लिई शनिबार रामेछाप ल्याएको छ । प्रहरीले आइतबार लामालाई जिल्ला अदालत मा पेश गरी कारागार चलान गरेको छ ।अदालत बाट दोषी ठहर भएका मध्ये ठूलो  संख्यामा दोषीहरु फरारको सूचीमा रहेको समाचार सार्वजनिक भएपछि फरार अपराधिको खोजीमा प्रहरीले तीन महिनादेखि सक्रियता देखाएकोले यो उपलव्धी हासिल भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताए ।
*
*

No comments:

Post a Comment