Tuesday, December 11, 2012

एकै सातामा रुपन्देहीका दुई विद्यार्थी वेपत्ता


जनखबर,रुपन्देही, मंसिर २६/ एकै सातामा रुपन्देहीका दुई विद्यार्थी वेपत्ता भएका छन् । सैनामैना मेमोरियल इङ्लिस बोडिङ स्कूलको कक्षा ७ का विद्यार्थी पुरुषोत्तम घिमिरे र कान्ति उच्च मावि बुटवलमा कक्षा १० का विद्यार्थी रामप्रसाद अर्याल छुट्टाछुट्टै स्थानबाट वेपत्ता भएका हुन् । रुपन्देहीको पर्रोहा रानी बगियाका १३ वर्षीय बालक घिमिरे ११ दिनदेखि वेपत्ता भएको आमा कोपिला घिमिरेले बताउनुभयो ।

यसैगरी बुटवल नगरपालिका १५ झोलुंगे पुलका रामप्रसाद मंसिर २१ गतेदेखि बेपत्ता छन् । गत बिहीबार बिहान घरबाट निस्किएका उनी नफर्केको परिवारले जनाएको छ । उनीहरुको खोजीमा सहयोग गर्न परिवारले प्रहरी–प्रशासन, विभिन्न अधिकारवादी संघ–संगठन लगायतसंग आग्रह गरेको छ ।

No comments:

Post a Comment