Tuesday, December 11, 2012

पुसको दोस्रो साताभित्र शिक्षकको खुल्ला विज्ञापन हुने


 जनखबर,काठमाडौं, मंसिर २६ / शिक्षक सेवा आयोगले रिक्त शिक्षक दरबन्दीमा १७ वर्षपछि पहिलोपटक आगामी पुसको दोस्रो साताभित्र खुल्ला विज्ञापन -परीक्षा) गर्ने भएको छ ।
विसं २०५२ देखि खुल्न नसकेको शिक्षक दरबन्दीको खुल्ला विज्ञापनका लागि यही मङ्सिर १८ गते मन्त्रिपरिषद्को बैठकले शिक्षा नियमावलीमा संशोधन गरी बाटो खुला गरेपछि आयोगले त्यसको तयारी गरेको हो । आयोगका अध्यक्ष उदयराज सोतीले नियमावली संशोधनमार्फत शिक्षा मन्त्रालयले २०६३ वैशाख ११ यताको रिक्त शिक्षक दरबन्दीका खुल्ला विज्ञापन गर्न पत्राचार गरेकाले आफूहरू त्यसको तयारीमा जुटेको जानकारी दिनुभयो ।
हामी पत्राचारका अतिरिक्त अन्य विभिन्न माध्यम पनि प्रयोग गरी तत्कालका लागि विज्ञापन हुने सङ्ख्याको सरकारले विसं २०५२ देखि शिक्षकहरूको खुल्ला विज्ञापन गर्न सकेको छैन । त्यसबेला कुल १४ हजार ३९७ शिक्षकका लागि खुल्ला परीक्षा लिइएकामा विंस २०६० मा नतिजा प्रकाशित भएको थियो । लामो समयदेखि शिक्षक अध्यापन अनुमतिपत्र लिएर शिक्षक हुने आशामा रहेका नयाँ जनशक्ति र अस्थायीरुपमा शिक्षण पेसामै कार्यरतहरूलाई आयोगको यो तयारीले केही राहत हुने दखिएको छ ।
संशोधित नियमावलीअनुसार अस्थायी शिक्षकहरूलाई एक पटकका लागि खुल्ला विज्ञापनमा सहभागी हुन उमेरको हदबन्दी लाग्ने छैन । विसं २०६३ वैशाख ११ उताको रिक्त दरबन्दीका विज्ञापन नगर्ने सरकारको निर्णयबाट शिक्षक सङ्घ/सङ्गठन र सरकारबीच भएका विगतको सहमति बेवास्ता हुने आवाज पनि उठिरहेको छ ।
शिक्षक नियुक्तिका लागि आधिकारिक निकाय सो आयोगले देशभरका जिल्ला शिक्षा कार्यालयहरूलाई पत्राचार गरी के कति सङ्ख्यामा शिक्षकको दरबन्दी खाली छ सो विवरण तत्काल पठाउन आग्रह गरेको अध्यक्ष सोतीले बताउनुभयो । आर्थिक वर्ष २०६०/६१ को आन्तरिक विज्ञापनमा करिब १२ हजार ९६ अस्थायी शिक्षकलाई स्थायी गरेको थियो भने सोही अवधिसम्म त्यत्ति नै सङ्ख्यामा शिक्षक रिक्त रहेका छन् । हाल देशभर करिव २५ हजार शिक्षक रिक्त रहे पनि २०६३ वैशाख ११ यता कति/कति सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त छन् भन्ने विवरणको अभाव भएपछि आयोगलाई केही साता तथ्याङ्क सङ्कलनमै लाग्ने भएको छ ।

No comments:

Post a Comment