Tuesday, December 11, 2012

कीर्तिमान राख्न खोज्दा युवा जले (फोटो सहित)





जनखबर, मंसिर २६ / जल्दै गरेको बाँसको सुरुङ्ग भित्रवाट मोटरसाईकल गुडाएर विश्व कीर्तिमान राख्ने सघाउने दुई युवा जलेर घाइते भएका छन् । नेपाल प्रहरीका पुर्व हवल्दार ३६ बर्षीय शम्सेरवहादुर लम्साललाई कीर्तिमान राख्न सहयोग गर्ने क्रममा उनीहरु जलेका हुन् ।  जलेर घाइते हुनेहरुमा व्यास-१ भादगाउँका २८ बर्षीय सुरेश पन्थ र पर्वत घर भई हाल व्यास ११ दमौली वस्ने २९  बर्षीय सुमित थापा छन् । उनीहरुलाई दमौली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।बिश्व कीर्तिमान बनाउन बनाइएको  १ सय ५ मिटर लम्वाईको वाँसको टनेलमा भित्र  दुई वटा मोटरसाईकल समेत जलेको छ । आगो लगाउने क्रममा पन्थ र थापाले प्रयोग गरेको एक अपाची मोटरसाईकल समेत पूर्ण रुपमा नष्ट भएको छ । मोटरसाईकलको नम्वर खुल्न सकेको छैन । कीर्तिमानीको लागि लम्सालले कुदाएको अत्याधुनिक सुविधासम्पन्न कोरियन कम्पनिको वा ४८ प ८५१ नम्वरको मोटरसाईकल समेत जलेको छ । कीर्तिमान राख्न खाजेका लम्सालले जल्दै गरेको टनेलको करिव ६० प्रतिशत मोटरसाईकल गुडाई सकेको अवस्थामा उनको मोटरसाईकल दुर्घटनामा परेको हो । लम्साल भने सकुशल छन् ।दुई युवा जलेर घाईते भएपछि लम्सालमाथि हातपातको प्रयास समेत भएको थियो । स्थिती नियन्त्रणमा लिन लम्साललाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।आगोको मुस्लो वढ्दै गएपछि प्रहरीले सर्वसाधारणलाई पाखा लगाउन हम्मे हम्मे परेको थियो । किर्तिमानी राख्न खोजेका लम्सालले दुर्घटनाको वारेमा तत्काल कुनै प्रतिकृया दिएनन् ।मोटरसाईकल गुडाएर किर्तिमान राख्ने अभियानलाई दमौली स्थित गण्डकी कम्युटर ट्रेनिङ्ग सेन्टरले प्राविधिक खर्च वेहोरेको छ । लम्सालले यस अघि गत मंसिरमा २५ घण्टासम्म लगातार मोटरसाईकल गुडाएर विश्व किर्तिमान वनाई सकेका छन् ।

No comments:

Post a Comment