Tuesday, December 11, 2012

कक्षा ११ को परीक्षामा ४०.३८ प्रतिशत उत्तिर्ण


२६ मंसिर, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गरेको छ । परिषदले गत वैशाख–जेठ महिनामा संचालित कक्षा ११ को विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षामा नियमिततर्फ ४० दशमलव ३८ प्रतिशत अर्थात १ लाख १४ हजार १९ परीक्षार्थी उत्तिर्ण भएका छन् । यो गत वर्षभन्दा १ दशमलव ३८ प्रतिशतले बढी हो । गत वर्ष ३९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।
परिषद्का अनुसार २ लाख ८३ हजार ३ सय ५९ परीक्षा दिएका थिए । अनियमित गरेका २ सय ८९ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ भने १४ जनाको स्थगित भएको छ ।
यस्तै, आंशिकतर्फ कुल १ लाख ५८ हजार ६ सय ८९ विद्यार्थीले परीक्षा दिएकोमा ५१ हजार ५ सय २५ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

No comments:

Post a Comment