Friday, December 14, 2012

माओबादीले मुलुकमा एकलौटि शासन लाद्न खोजेको एमाले अध्यक्ष खनालको आरोप


काठमाडौँ, मंसिर २८/  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मधेशवादी दलको आडमा अन्य दलहरुलाई लत्याउँदै माओवादीले मुलुकमा एकलौटी रुपमा शासन गर्न खोजेको आरोप लगाउनु भएको छ ।नेकपा एमाले कपिलवस्तुको आठौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष खनालले मुलुकलाई निकास दिन सरकारबाट राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुको साटो मधेशवादी दलको बैशाखी टेकेर माओवादीले एमाले र नेपाली काँग्रेसलाई सहमतिको नाममा झुक्याउंदै आएको आरोप समेत लगाउनुभयो ।आफु लगायत नेपाली काँग्रेस समेत लगातार सहमतिको सरकारको पक्षमा रहे पनि विभिन्न बहाना खोजेर माओवादीले सहमति गर्न नखोजेको आरोप उहाँले लगाउनुभयो ।खनालले राष्ट्रपतिले राष्ट्यि सहमतिको सरकार गठनका लागि दिएको ३ पटकको समय सीमा सकिन लाग्दा समेत सहमतिको सरकार गठनका लागि माओवादी नै बाधक बन्दै आएको बताउनुभयो 

No comments:

Post a Comment