Sunday, December 9, 2012

फिलिपिन्समा आएको बोफा समुद्रि आँधीका कारण मृत्यु हुनेको संख्या ५४०,अन्य ८२७ जना बेपत्ता


जनखबर
फिलिपिन्समा हालै आएको बोफा समुद्रि आँधीका कारण मृत्यु हुनेको संख्या ५४० पुगेको छ ।  आँधीबाट अन्य ८२७ जना बेपत्ता रहेको आइतबार प्रकाशित सरकारी तथ्याङ्कमा जनाइएको छ ।
हराइरहेका मध्ये थप शव प्राप्त भएपछि मृत्यु हुनेको सङ्ख्या ५४० पुगेको सञ्चारमाध्यमहरूले जनाएका हुन्  ।
समुद आँधीका कारण अझै सयौं व्यक्ति हराइरहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी नागरिक प्रतिरक्षा प्रमुख बेनिटो रामोसले दिए । सो आँधीबाट एक हजार ८८ जना घाइते भएको पनि रामोसले बताए ।
यस प्रकोपबाट करिब ५४ लाख व्यक्ति प्रभावित भएको  समाचारमा जनाइएको छ । गत मङ्गलबार बिहानैबाट सुरु भएको यस बोफाको कारण लाखौं व्यक्तिलाई सरकारी शरणार्थीस्थलमा सारिएको नागरिक प्रतिरक्षा मन्त्रालयले  जनाएको छ ।

No comments:

Post a Comment