Saturday, December 8, 2012

गर्भबती बेलायती राजकुमारीको स्वास्थ्य अबस्था बारे जानकारी दिने नर्स मृत भेटिएपछि बेलायतमा सनसनी ।


जनखबर, मंसिर २३

अष्ट्रेलियाको एक रेडियोलाई युवराज्ञी केट मिडलटनको स्वास्थ्य अवस्थाबारे बेलायती महारानी र प्रिन्स चाल्र्सको नाममा गरिएको एक फर्जी फोनको जवाफ दिने नर्स मृत अवस्थामा पाइएको विषयले बेलायतमा सनसनी मच्चाएको छ । बेलायती राजपरिवार र ती नर्स कार्यरत अस्पतालले उनको मृत्युमा गहिरो दुःख ब्यक्त गरेका छन् । फोनको जवाफ दिने भारतीय मुलकी ४६ वर्षिया जेसिन्था सल्दान्हा मृत अवस्थामा भेटिएकी हुन् । जेसिन्था कार्यरत किङ अफ सप्तम अस्पतालले फोन मामिलापछि उनलाई निलम्बन नगरेको र कुनै प्रकारको अनुसन्धानात्मक कारवाही पनि नगरेको जनाएको छ । । गत हप्ता केट सप्तम अस्पतालमा भर्ना भएकी थिइन् । यता रेडियोबाट फर्जी फोन गर्ने दुई जना प्रस्तुतकर्तालाई पनि रेडियोले हटाएको छ । उनीहरुले दुई दिन अघि बेलायती महारानी र चाल्र्स बनेर अस्पतालमा फोन गरेका थिए । अस्पतालकी नर्स जेसिन्थाले शाही परिवारबाट फोन आएको ठानेर गर्भवती केटको अवस्थाको बारेमा सम्पूर्ण जानकारी दिएकी थिइन् ।

No comments:

Post a Comment