Saturday, December 8, 2012

सहिद स्मारक ए डिभिजन लिगको आजको खेलमा आर्मी र सरस्वती बिजयी ।


जनखबर, मंसिर २३

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लवको खराव प्रदर्शन जारी रहेको छ । साविक विजेता पुलिसले पाँच खेलबाट तेस्रो हार बेहोर्ने क्रममा आज सशस्त्र प्रहरीको एपीएफसँग २–१ ले घुँडा टेक्यो । सशस्त्रका लागि राजेन्द्र रावल र गणेश लावतीले एक–एक गोल गरे । पुलिसका लागि जुमनु राईले एक गोल गरे । यो हारसँगै पुलिसले सुपर एटमा प्रवेश गर्ने सम्भावनालाई समेत कमजोर पार्दै गएको छ । यता, पाँच खेलबाट दोस्रो विजय हासिल गरेको सशस्त्र दशौं स्थानमा उक्लिएको छ ।आजको दोस्रो खेलमा सरस्वती युवा क्लवले बौद्ध फुटबल क्लवलाई २–१ ले हराएको छ । सरस्वतीका लागि दुवै गोल योना एलियासले गरे । खेलमा सुविन श्रेष्ठको गोलबाट बौद्धले प्रारम्भिक अग्रता लिएको थियो । जितसँगै ५ खेलबाट ७ अंक जोडेको सरस्वती अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । ५ खेलबाट अंकविहीन बौद्ध तालिकाको पुछारमा छ ।लिग अन्तर्गत भोलि पनि दुई खेल हुनेछन् । पहिलो खेलमा संकटा क्लवले फ्रेन्ड्स क्लवको र दोस्रो खेलमा मच्छिन्द्र क्लवले बाँसबारी क्लवको सामना गर्नेछ । मच्छिन्द्र ४ खेलबाट १० अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।

No comments:

Post a Comment