Saturday, December 8, 2012

पृथ्वी ध्वस्त हुने समाचार गलत, कुनै प्रमाण छैन


संसारको उत्पति पछी धेरै पटक भौगोलिक चुम्बक को ध्रुब परिवर्तन भएको बैज्ञानिकहरुले बुझेका छन । यदी तपाई ८००००० बर्ष पहिले बाचेको भए तपाईको हातमा भएको कम्पासको उत्तरी ध्रुवले दक्षिण देखाएको हुन्थ्यो । किनकी चुम्बकिय कम्पासलाई पृथ्विको ध्रुवको आधारमा निर्धारण गरिन्छ ।यदी अहिलेको भौगोलिक चुम्बकिय

ध्रुवहरु परिवर्तन भएको भए कम्पासको उत्तर र दक्षिण दिसाको निर्धारण १८० डिग्री गल्ती हुने थियो । पृथ्विको अन्त्यको दिनको बारेमा कुरा गर्ने धेरै साध्याकर्ताहरुले पृथ्विको चुम्बकिय ध्रुवहरुको परिवर्तनलाई पृथ्विलाई ध्वस्त पार्ने एउटा कारणको रुपमा व्याख्या गर्न खोजेका छन ।तर के त्यस्तै नाटकिय असर पर्ला त ? हामिसंग भएका चुम्बकिय ध्रुव परिवर्तन हुदाका लाखौ वर्ष पुराना भौगोलिक र जिवावशेषका रेकर्डहरुलाई हेर्ने हो भने कुनै असर नपर्ने देखिन्छ ।

No comments:

Post a Comment