Thursday, December 20, 2012

ध्रुर्वे हात्ति मार्ने प्रयास अझै असफल÷ सहमती पछि हात्तिको आक्रमणबाट मृत्यु भएका दम्पतीको आज अन्त्यष्टि गरिया


चितवन, पुस ५/ चितवन राष्ट्रिय निकुन्जको जंगली हात्ती धुर्वेको आक्रमणवाट ज्यान गुमाएका माडिका वोटे दम्पतिको पांच दिन पछि बिहीवार अन्तेष्टी गरिएको छ । शनिवार राती घरमा सुतिरहेका वेला गर्दी–९का बुद्धिराम बोट र जरिया बोटलाई हात्तीले आक्रमण गर्दा ज्यान गएको थियो । तत्कालका लागि ६ लाख रुपैया राहत दिने अरु रकम र माग पुरा गर्न पहल गर्ने सहमती पछि जिल्लाका दलहरुको आग्रहमा स्थानिय आन्दोलन रोक्न राजी भएर संस्कार गरेका हुन् । शव यात्रामा सर्वसाधरणको ठ्ु्लोे सख्यामा सहभागिता थियो । क्षतिपुर्ती लगायतका माग राखी स्थानियले शवलाई बरुवा बजारको चौतारामा राखेर प्रदर्शन गर्दैै आएका थिए ।
मृतकका परिवारलाई ६ लाख उपलव्ध गराउने र थप रकमका लागी मन्त्रालयमा वार्तामा जाने राजनितिक दलका जिल्ला प्रमुख र संघर्ष समितिबीच सहमती भएको छ । एमाले पार्टी कार्यालयमा बिहीवार बसेको बैठकले थप रकमका लागी केहि दिन पछि मन्त्रालयमा डेलिगेसन जाने सहमती भएको हो । हात्ती मार्नु पर्ने अडानमा रहेका स्थानियवासी टोली परिचालीत भएकाले विश्वासमा रहेका छन् । राहत रकमका बारेमा पनि एक प्रकारको सहमती भएकाले लास दाहसंस्कार गर्ने निर्णय गरेको नेपाल बोटे समाजका अध्यक्ष जेना बोटेले वताउनु भयो ।
बोट दम्पतीको ज्यान लिने धु्रवे नामको हात्तीको खोजी कार्य जारी रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकवहादुर कार्कीले हात्ती निकुञ्जको सुखीभार क्षेत्रमा रहेको अनुमान गरिएको बताउनुभयो । उहांले  रेडियो कलरका आधारमा पछ्याईरहेको वताउनु भएको छ । हात्ती मार्न ७० जनाको टोली खटाइएको छ । ज्यानमारा जंगली हात्ती धुर्वे घाईते अवस्थामा बेपत्ता भएको थियो ।
 चितवन राष्ट्रिय निकुन्ज भित्र बुधवार सेनाले प्रहार गरेको गोली लागेपछि हात्ती बेपत्ता भएको हो । सुरक्षा टोलीले रातको समय भएकाले मार्न नसकेको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो । हात्तीलाई खोज्न प्राबिधिक सहितको सुरक्षा टोली परिचालित भैरहेको उहांले बताउनुभयो । तर , हुस्सुको कारण खोजी अभियान प्रभावित भएको छ । वाक्लो जंगल र हुस्सुको कारणले प्रविधिक टोलीलाई कठिनाई भैरहेको प्रजिअ दवाडीले बताउनुभयो ।

No comments:

Post a Comment