Thursday, December 20, 2012

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा ज्वालामुखी आएको निराधार


काठमाडौ , पुस ५ / रसुवामा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा ज्वालामुखी आएको निराधार रहेको निकुञ्जले जनाएको छ ।
सहायक वार्डेन बुद्धिराज पाठकसहितको नेपाली सेनाको स्थलगत टोलीले निकुञ्जमा आगलागी भएको पुष्टि गरेको हो । निकुञ्जभित्र एक्कासि धुँवा र आगोको मुस्लो देखिएपछि बुझ्न टोली घटनास्थल गएको थियो ।
उक्त धुँवा र आगोको मुसलो देखेपछि लाङटाङ हिमालमा ज्वालामुखि विष्फोट भएको आशंका गरिएको थियो । ज्वालामुखी नभई अन्य कुनै कारणले आगलागी भएको निकुञ्जका निमित्त प्रमुख रामदेव चौधरीले जानकारी दिए ।
चौधरीले बिहान ११ देखि साढे ११ को बीचमा निकुञ्ज भित्रको टिमुरे र ठूलो स्याफ्रुवेसी  क्षेत्रमा आगोको मुस्लो देखिएको बताए । उनले शिकारीहरुले आगो बालेको हुनसक्ने बताए । त्यसक्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पाइने भएकाले चोरी तस्करीका लागि शिकारीहरु पुग्ने गरेका छन् । घट्नास्थल सदरमुकामबाट साढे २ घण्टाको दुरीमा छ ।
नेपाल युरेसिया र इण्डियन प्लेटोको संगमस्थलमा छ । यस्तो ठाउँमा ज्वालामुखीमा जान नसक्ने विशेषज्ञहरु बताउँछन् जापान, मलेसियाजस्ता मुलुक भने ज्वालामुखी जाने क्षेत्रमा पर्दछन्

No comments:

Post a Comment