Thursday, December 20, 2012

प्रहरी कार्यालयभित्रै हवलदारद्वारा आत्महत्या


 काठमाडौँ, पुस ५/  जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत एक जना प्रहरी हवलदारले विहीबार दिउसो जिल्ला प्रहरी कार्यालय भित्रै गोली हानी आत्महत्या गरेका छन् ।डडेलधुरा देवल दिब्यपुर( ४ स्थायी घर ठेगाना भएका प्रहरी हवलदार रामवहादुर पालले ड्यूटीमा रहेको बेला एसएलआर राइफलले  चिउँडोमा पड्काएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक हप्तादेखि क्वाटर गार्डको सुरक्षार्थ खटिएका थिए । कालिकोटका प्रहरी प्रमुख डिएसपी रमेशकुमार पोखरेलले भने बिहीबार दिउसो १स्३२ बजे एक्कासी बन्दुक पड्किएको आवाज आएपछि हेर्न पठाउँदा हवलदार पालको मृत्यु भइसकेको थियो । उनका अनुसार पाल ४ जना सहयोगी सिपाहीसहित जिल्ला प्रहरी कार्यालयको सुरक्षामा थिए ।आत्महत्याको कारण थाहा नभए पनि उनको मोवाइलमा फोन आएपछि कुरा गर्दै जिल्ला प्रहरीको भित्र पट्टी सुत्ने कोठामा गएको प्रत्यक्षदर्शी प्रहरीले बताए ।  भित्र गएको ५र६ मिनेटपछि बन्दुक पड्को आवाज आयो, हेर्न जादा उनी ढलेको देखिएको प्रत्यक्षदर्शी प्रहरीले बताए ।गोली मृतकको चिउडो छेडेर टाउकोबाट निस्किएर टिनको जस्तामा २ वटा प्वाल परेको देखिएको छ । उनको टाउकोको खप्पर निस्किएको अवस्था छ । उनले बुट जुत्ता खोलेर खुट्टाको बुढी औलाले एसएलआर कक गरेर बन्दुक पड्काएको प्रहरी अनुमान छ ।एउटा मात्र गोलीको खोका भेटिए पनि दुई वटा गोली पडकिएको प्रहरीले जनायो ।

No comments:

Post a Comment