Monday, December 10, 2012

दूतावास बेच्न बाबुरामको चलखेल



  1. नखबर


Baburam-Bhattarai1

 काठमाडौ, मंसिर २५।बाबुराम भट्टराई सरकारले विदेशमा रहेका नेपाली दूतावासका सम्पत्ति बेच्ने योजना बनाएको छ। कमिशनको चक्करमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको डिजाईनअनुसार बेलायत  र जर्मनीस्थित नेपाली दूतावासको भवनसहितका सम्पत्ति बिक्री गर्न लागिएको स्रोतको भनाइ छ।
सरकारले दूतावासका भवन र सम्पतीको मूल्याङकनका लागि हालै एक समिति गठन गरेको छ। हालैको मन्त्रीपरिषद्को बैठकले बेलायतका लागि नेपाली राजदूत सुरेश चालिसेको संयोजतकत्वमा जर्मनीका लागि नेपाली राजदूत सुरेश प्रधान तथा बल्जियमका राजदूत राममणि पोखरेल समेतलाई राखेर एक समिति गठन गरेको हो। दूतावास रहेका भवन मर्मत वा बिक्रीका लागि सुझाव दिन समिति गठन गरिएको बताएपछि बिक्रीका लागि सो समिति गठन गरिएको बुझिएको छ। समितिमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव समेत रहने बताइएको छ।
दुवै देशमा रहेको दूतावासका भवन अहिले मर्मत सम्भारको अभावमा राम्रो अवस्थामा छैनन्। मर्मत गर्न ठूलो रकम लाग्नै भएकाले धेरै पहिलेदेखी भवन नै बिक्री गर्नका लागि पटक–पटक प्रयास भएको छ।   लन्डनमा रहेको नेपाली दूतावास ‘भिआईपी’ क्षेत्रमा पर्छ। त्यसकारण बिक्री गर्दा अर्बौ आउने भएकाले बिक्रीका लागि चलखेल गरिएको परराष्ट्रका एक अधिकारीले बताए।
जर्मनीमा त  अहिले नेपाल सरकारले किनेको जग्गा र भवन बेबोरिसे अवस्थामा छ। जर्मनी एकीकरण हुनुअघि बोन भन्ने ठाउँमा नेपाली दूतावास थियो। तर, एकीकरणपछि बर्लिनमा दूतावास सरेको थियो। त्यसयता बोनमा रहेको नेपाली सम्पत्ति बेबोरिसे रहँदै आएको छ। पटक पटक बिक्रीका लागि पहल भएपछि कमिशनको चक्करमा विवाद हुँदा बोनस्थित नेपाली सम्पत्ति पनि बिक्री हुनसकेको छैन।

No comments:

Post a Comment