Sunday, December 9, 2012

चीनमा औद्योगिक ब्यापार १० प्रतिशत वृद्धि


जनखवर,मंसिर२५/ पछिल्लो समयमा चीनको अर्थब्यवस्थामा प्रगति भएको छ । चीन सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा औद्योगिक व्यापार र खुद्रा व्यापार दुवै बृद्धि भएको उल्लेख गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।तथ्याङ्कमा गएको नोभेम्बरमा चीनको औद्योगिक व्यापारमा १० दशमलब एक प्रतिशत बढेको देखाइएको छ ।
यो दर गएको मार्च महिना यताकै सबैभन्दा बढी र अपेक्षा भन्दा पनि बढी भएको अधिकारीहरुले बताएका छन् । खुद्रा व्यापार पनि झण्डै १५ प्रतिशतले बढेको छ । चीनमा खुद्रा व्यापार आठ महिना यताकै सबैभन्दा राम्रो भएको पाइएको छ ।१४ दशमलब ९ प्रतिशतले खुद्रा व्यापार बढेको तथ्याङ्कले देखाएको छ । कारोबार बढेसँगै चीनमा उत्पादित सामानको विश्व बजारमा माग बढेको अधिकारीको भनाई छ । चीनमा सत्ता परिर्वतन पछि अर्थब्यवस्थमा सुधार आएको विश्लेषण गरिएको छ ।

No comments:

Post a Comment