Sunday, December 9, 2012

रङ्गशालामा हिंसा भड्किँदा ४० जना घाइते


भारतको कोलकतामा फुटबल खेल भइरहेका बेला हिंसा भड्किँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये २० जना प्रहरी छन् ।
आइतबार मोहन बगान र इष्ट बंगालबीच खेल भइरहेका बेला दर्शक उग्र भएपछि खेल समेत स्थगित गर्नुपरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रेफ्रीले मोहन बगानका फुटबलरलाई मैदान छोड्न भनेपछि उसका समर्थक आक्रोशित हुँदै होहल्ला गर्न थालेपछि हिंसा भड्किएको थियो । स्थितिलाई बेलैमा नियन्त्रणमा लिएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
सम्भावित घटनालाई मध्यनजर गर्दै त्यहाँ अहिले प्रहरी परिचालन गरिएको छ । हिंसा भड्काएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment